काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो विषयमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ । कयौंले उनका अभिव्यक्तिको विरोध गरेका छन् भने उनको समर्थनमा टिप्पणी गर्नेहरुको संख्या पनि कम छैन ।
समर्थकमध्ये धेरैजसोले भ्रष्टाचारविरुद्ध मेयर चौधरी उभिएको तर्क गरेका छन् । उनीहरुले पत्रकारितामा बढ्दो विकृतिप्रति असन्तुष्टि जनाउँदै ‘पत्रकारहरुले जे पायो त्यही लेख्ने गरेको’ आरोप लगाएका छन् ।
यसअघि नेकपा नेता योगेश भट्टराईले फेसबुकमा प्रतिक्रिया जनाउँदै मेयर चौधरीले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा दिएका अभिव्यक्ति स्वयं उनले धारण गरेको सार्वजनिक पद, उनले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयं उनको राजनीतिक उचाईका लागि कदापी नसुहाउने जनाएका थिए ।
यस्तै, प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि मेयर चौधरीका अभिव्यक्ति पार्टीको नीति, मूल्य मान्यतासँग मेल नखाने टिप्पणी गरेका छन् ।
एमाले नेता भट्टराईले मेयर चौधरीका अभिव्यक्तिबारे फेसबुकमा गरेको टिप्पणीमाथि प्रतिक्रिया लेख्दै धेरैले चौधरीका भनाइको समर्थन गरेका हुन् । बुधबार बिहान भट्टराईले गरेको पोस्टमा मध्याह्नसम्म ६ सयभन्दा बढी प्रतिक्रिया आइसकेका छन् ।
हेर्नुहोस्– मेयर चौधरीको अभिव्यक्तिबारे सामाजिक संजालमा लेखिएका केही प्रतिक्रियाः





सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित