गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । पछिल्लो समय किशोरकिशोरीमा टिकटकको क्रेजले यतिसम्म गाँजेकाे छकि जसले सामान्य दैनिकिमा असर पुर्याउनुका साथै सामाजिक बिचलन समेत ल्याएको छ । किशोरकिशोरी मात्र नभइ बालबालिका र युवाहरुमा समेत यसप्रतिको आकर्षण बढ्दो छ । यस्तैमा टिकटककै कारण मुम्बइकी एक किशोरीले घर छाडेकी छिन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर घटना सत्य हो ।
इण्डिया टुडेमा मंगलबार प्रकाशित समाचारमा जनाइएअनुसार मुम्बईकी १४ वर्षिया एक किशोरीले परिवारलाई एउटा भावुक पत्र लेखेर अब आफु केहि नबनी घर नफर्कने भन्दै नेपाल हिंडेकी छिन् ।
उनले आमाको नाममा लेखेको पत्रमा आफु १६ वर्षिय टिकटक स्टार रियाज अफ्रिन जो अहिले नेपालमा छन् उनलाई भेट्न नेपाल हिडेको तर युवककै लागि घर छाडेको भन्ने चाहिँ नठान्न आग्रह गरेकी छिन् । उनी टिकटक स्टार रियाजलाई भेटेर उनको सिको गरेर चिनिने चाहनामा घर छाडेको उल्लेख गरेकी छिन् ।
उनले आमालाई लेखेको पत्रमा भनिएको छ,‘‘ममी, म घर छोड्दैछु । म बाबासँग खुसी छैन । मेरो बारेमा धेरै नसोच्नुहोला । र, भगवानको कसम खानुहोला, यो कारणलाई लिएर तपाईंले आत्महत्या गर्नु हुनेछैन । यदि तपाईले म कोही केटासँग हिँडेको भन्ने ठान्नुभयो भने त्यो गलत हुनेछ । म कोही केटासँग गइरहेको छैन ।’’
छोरीको पत्र पाउनासाथ ति अभिभावकहरुले छोरी खोजिदिन आग्रह गर्दै प्रहरीमा गएका थिए । प्रहरीले उजुरी गरेको आठ घण्टामै किशोरीलाई भेटेका थिए । प्रहरीको सोधपुछमा किशोरीले आफु टिकटक हेरेर सेलिब्रिटी बन्ने चाहनामा टिकटक स्टार रियाज अफ्रिनलाई भेट्न नेपाल जान लागेको बताएकी छिन् ।
किशारीले प्रहरी समक्ष आफु बुवासँग रिसाउनुको कारण बुवाले आफुलाई कुनै केटा साथीसँग बोल्न नदिने र देखेमा, सुनेमा गाली गर्ने गरेकोले बुवासँग कुरा नमिल्ने बताएकी छिन् । बुवाको हस्तक्षेपकै कारण घर छाड्ने निर्णय गरेको उनले प्रहरी समक्ष बताएकी छिन् ।
पछिल्लो समय टिकटकमा अपलोड गरिने भिडियोले छोटो समयमा भाइरल हुने,शेयर हुने आकांक्षाका कारण किशोर किशाेरी तथा बालबालीका पढाई र कामै छाडेर एकोहोरो हुने गरेकोमा आम अभिभावक चिन्तित बनेका छन् । केहि समय अघि भारतका केहि शहरमा यस्तै समस्याका कारण टिकटकमाथि प्रतिवन्ध समेत लगाइएको थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ