टिकटक क्रेज : मुम्बईकी १४ वर्षिया किशोरी टिकटक स्टार भेट्न भन्दै घर छाडेर नेपाल हिँडिन्

टिकटक क्रेज : मुम्बईकी १४ वर्षिया किशोरी टिकटक स्टार भेट्न भन्दै घर छाडेर नेपाल हिँडिन्

tik tok

काठमाडौं । पछिल्लो समय किशोरकिशोरीमा टिकटकको क्रेजले यतिसम्म गाँजेकाे छकि जसले सामान्य दैनिकिमा असर पुर्याउनुका साथै सामाजिक बिचलन समेत ल्याएको छ । किशोरकिशोरी मात्र नभइ बालबालिका र युवाहरुमा समेत यसप्रतिको आकर्षण बढ्दो छ । यस्तैमा टिकटककै कारण मुम्बइकी एक किशोरीले घर छाडेकी छिन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर घटना सत्य हो ।

इण्डिया टुडेमा मंगलबार प्रकाशित समाचारमा जनाइएअनुसार मुम्बईकी १४ वर्षिया एक किशोरीले परिवारलाई एउटा भावुक पत्र लेखेर अब आफु केहि नबनी घर नफर्कने भन्दै नेपाल हिंडेकी छिन् ।

उनले आमाको नाममा लेखेको पत्रमा आफु १६ वर्षिय टिकटक स्टार रियाज अफ्रिन जो अहिले नेपालमा छन् उनलाई भेट्न नेपाल हिडेको तर युवककै लागि घर छाडेको भन्ने चाहिँ नठान्न आग्रह गरेकी छिन् । उनी टिकटक स्टार रियाजलाई भेटेर उनको सिको गरेर चिनिने चाहनामा घर छाडेको उल्लेख गरेकी छिन् ।

उनले आमालाई लेखेको पत्रमा भनिएको छ,‘‘ममी, म घर छोड्दैछु । म बाबासँग खुसी छैन । मेरो बारेमा धेरै नसोच्नुहोला । र, भगवानको कसम खानुहोला, यो कारणलाई लिएर तपाईंले आत्महत्या गर्नु हुनेछैन । यदि तपाईले म कोही केटासँग हिँडेको भन्ने ठान्नुभयो भने त्यो गलत हुनेछ । म कोही केटासँग गइरहेको छैन ।’’

छोरीको पत्र पाउनासाथ ति अभिभावकहरुले छोरी खोजिदिन आग्रह गर्दै प्रहरीमा गएका थिए । प्रहरीले उजुरी गरेको आठ घण्टामै किशोरीलाई भेटेका थिए । प्रहरीको सोधपुछमा किशोरीले आफु टिकटक हेरेर सेलिब्रिटी बन्ने चाहनामा टिकटक स्टार रियाज अफ्रिनलाई भेट्न नेपाल जान लागेको बताएकी छिन् ।

किशारीले प्रहरी समक्ष आफु बुवासँग रिसाउनुको कारण बुवाले आफुलाई कुनै केटा साथीसँग बोल्न नदिने र देखेमा, सुनेमा गाली गर्ने गरेकोले बुवासँग कुरा नमिल्ने बताएकी छिन् । बुवाको हस्तक्षेपकै कारण घर छाड्ने निर्णय गरेको उनले प्रहरी समक्ष बताएकी छिन् ।

पछिल्लो समय टिकटकमा अपलोड गरिने भिडियोले छोटो समयमा भाइरल हुने,शेयर हुने आकांक्षाका कारण किशोर किशाेरी तथा बालबालीका पढाई र कामै छाडेर एकोहोरो हुने गरेकोमा आम अभिभावक चिन्तित बनेका छन् । केहि समय अघि भारतका केहि शहरमा यस्तै समस्याका कारण टिकटकमाथि प्रतिवन्ध समेत लगाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ