अन्धाधुन्ध गोली चल्दा अष्ट्रेलियामा चारको मृत्यु

अन्धाधुन्ध गोली चल्दा अष्ट्रेलियामा चारको मृत्यु

aljajeria

एजेन्सी । अष्ट्रेलियाको डार्बिनमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।प्रहरीले गोली चलाउने ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ ।

पम्प एक्सन सट गनको प्रयोग गरी मंगलबार बन्दुकधारीले विभिन्न स्थानमा गोली चलाएको र निश्चित व्यक्तिहरुलाई निशाना बनाउने प्रयासमा रहेको प्रहरीले आशंका गरेको छ । प्रहरीले सो घटना आतंकवादसँग सम्बन्धित भने नरहेको बताएको छ ।

सन् १९९६ मा तास्मानियामा ३५ जनाको मृत्गु हुनेगरी भएको गोलीकाण्डपछि अष्ट्रेलियाले हतियार राख्ने प्रावधानमा संशोधन गरेको थियो ।

संशोधनबाट बन्दुक राख्न पाउने अधिकार रद्द गर्दै सेमी अटोमेटिक र अटोमेटिक बन्दुकहरुमाथि पूर्ण प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियाका उत्तरी क्षेत्रका प्रहरी प्रमुख रेसी केरसअले सो घटनामा प्रतिबन्धित ’सटगन’ प्रयोग भएको बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ