उमेर भएको भए ५० वर्ष शासन चलाउँथे जस्तो लाग्छ : प्रधानमन्त्री ओली

उमेर भएको भए ५० वर्ष शासन चलाउँथे जस्तो लाग्छ : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसित उमेर भएको भए ५० वर्ष शासन चलाउने उत्साह रहेको बताएका छन् । बुधबार काठमाडौं महानगरपालिकाको स्मार्टसिटी प्रविधि प्रतिस्पर्धाको अन्तिम छनोट कार्यक्रममा बोल्दै उनले ‘समय भएको भए अझै ५० वर्ष शासन चलाउँथेंजस्तो लाग्ने गरेको’ बताएका हुन् ।

प्रधानमन्त्री ओलीले युवाहरुसित समय रहेको भन्दै उनीहरुलाई उत्पादनशील बन्न सुझाव दिए । विश्वका अरु देशहरुलाई प्रकृतिले सीमित स्रोत दिएको तर नेपालमा अथाह स्रोत रहेको भन्दै उनले तर नोट नहुँदा देश पछिपरेको टिप्पणी गरे ।

‘जति पुँजी छ, त्यतिमात्रै नोट छाप्न पाइँदोरहेछ’ भन्दै उनले देशका स्रोतलाई पुँजीकृत गर्न नसकिएको गुनासो गरे । प्रधानमन्त्री ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ