पोखरा महानगरपालिकामा चोरको टार्गेट ? बुधबारसहित ६ वडा कार्यालय चोरी

पोखरा महानगरपालिकामा चोरको टार्गेट ? बुधबारसहित ६ वडा कार्यालय चोरी

choor

पोखरा । पोखराका वडा कार्यालयहरुमा चोरी हुने क्रम रोकिएको छैन । एकपछि अर्को गरी कार्यालयहरु चोरी भइरहेका छन् ।  हालसम्म पोखरा महानगरपालिकाका ६ वटा वडा कार्यालयमा चोरी भईसकेको छ ।

बुधबार (हिजो) राति पनि पोखरा महानग रपालिका वडा नम्बर ३१ को वडा कार्यालयमा चोरी भएको छ । वडा कार्यालयका अनुसार प्राविधिक शाखाबाट इन्जिनियरको डेक्सटप , सिपियु र जुनियर इन्जिनियरको ल्यापटपसहित वडागत योजनाका इस्टिमेट र विलहरु लगायतका अन्य उपकरणहरु चोरिएका छन् ।

बुधबारसम्म पोखरा महानगरपालिकाका वडा नम्बर ५, १३, १४, १५ , १६  र ३१ को कार्यालयमा चोरी भईसकेपनि प्रहरीले चोर पनि पत्ता लगाउन सकेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ