राजधानीमा जारी चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ। गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भए पनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ। गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ। गण्डकीले अघिल्ला ३ खेलमा लगातार जित निकालेको थियो। गण्डकीले सेमिफाइनलमा आर्मीसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।
गण्डकीले समूह ‘ख’ बाट अन्तिम खेल पुलिससँग खेलेको थियो। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा वुधवार भएको खेलमा गण्डकी प्रदेश विभागीय पुलिससँग २१–२५, १५–२५ र १६–२५ को सोझो सेटमा हारेको थियो।
यसअघि, गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–११, २६–२८, २५–१६ र २५–२० ले पराजित हराएको थियो। त्यसैगरी, गण्डकीले प्रदेश ३ लाई २६–२४, २५–१४ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो। यस्तै, तेस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई कर्णालीलाई २५–२१, २७–२५ र २५–१४ को सेटमा पराजित गरेको थियो।
विभागीय टिम नेपाल पुलिस क्लब चौथो संस्करणको प्रधानसेनापति सेमिफाइनलमा प्रवेश गरेको छ। एक खेल खेल्न बाँकी विभागीय पुलिस पनि समूह ‘ख’ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। तीन खेल खेलेको पुलिसले सबै खेल जित्दै ९ अंक बटुल्दै सेमिफाइनल पुगेको हो।
यस समूहमा एक खेल खेल्न बाँकी रहेको प्रदेश ३ को ३ अंक रहेको छ। यस्तै प्रदेश ५ को पनि ३ अंक रहेको छ। एक खेल खेल्न बांकी कर्णालीले जित निकाल्न सकेको छैन।
समूह ‘क’ मा सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। वुधवार नै भएको खेलमा एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो। रोमाञ्चक उक्त खेलमा एपीएफले आर्मीलाई २५–१४, २५–२१, २०–२५ र २५–२० को सेटमा पराजित गरेको थियो।
जितसंगै समूह ‘क’ बाट एपीएफले ३ खेलबाट ९ अंक जोड्यो। एक खेल अगाबै एपीएफले सेमिफाइनलमा स्थान पक्का गर्न सफल रह्यो। लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएको आर्मीले ४ खेलमा ९ अंक जोडेको छ। आर्मीले सुरुवाती ३ खेलमा लगातार जित निकालेको थियो।
अब अन्तिम खेलमा एपीएफले प्रदेश १ सँग खेल्नेछ। उक्त खेलमा एपीएफलाई प्रदेश १ ले सोझो सेटमा पराजित गरे पनि आर्मी र एपीएफ सेमिफाइनलमा पुग्नेछ।
प्रतियोगिताअन्तर्गत वुधवार समूह ‘क’ को प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित निकालेको थियो। प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२, २५–१४, १४–२५ र २५–१३ को सेटमा पराजित गरेको थियो । जितसँगै समूह ‘क’को प्रदेश १ ले ३ खेलबाट ६ अंक जोडेको छ। सुदूरपश्चिमले ३ खेलमा जित निकाल्न सकेको छैन। सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ।
यस्तै, समूह ‘ख’ को प्रदेश नम्बर ५ ले प्रदेश ३ लाई ३–२ को सेटमा पराजित गरेको छ। प्रदेश ५ ले प्रदेश ३ माथि २५–१८, २५–१५, २३–२५, २०–१५ र १५–९ को सेटमा जित निकालेको हो। प्रदेश ५ को यो पहिलो जित हो। प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ। प्रदेश ३ को पनि ३ खेलबाट ३ अंक रहेको छ।
नेपाली सेनाको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफसहित सात प्रदेशका गरी १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउट आधारमा सञ्चालित उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। सवोर्कृष्ट खेलाडीले पल्सर बाइक पाउनेछ। प्रतियोगिताको सवोर्कृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन्। त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा