पुरुष नर्स जसले अस्पतालमै ८५ बिरामीको हत्या गरे

पुरुष नर्स जसले अस्पतालमै ८५ बिरामीको हत्या गरे

nurse japan

एजेन्सी : जर्मनीका एक पूर्व पुरष नर्सले ८५ जना बिरामीको हत्या गरेको पुष्टि भएको छ । दुईवटा अस्पतालमा काम गर्ने क्रममा निल्स होगेलले ८५ जनाको हत्या गरेको अदालतले पुष्टि गरेको हो।

दुईवटा हत्या अभियोगमा दोषी उनी पहिल्यैदेखि आजीवन जेल सजाय व्यतित गरिरहेका छन्। कारावासको सजाय भोग्न अगाडि होगेलले सन् १९९९ देखि २००५ को अवधिमो हृदय रोगीलाई घातक खोप लगाएर हत्या गरेको पुष्टि भएको थियो।

त्यसपछि उनीमाथि थप अनुसन्धान थालिएको थियो। अनुसन्धानमा उनले आफूले दर्जनौंको हत्या गरेको बताएका हुन् । होगल जर्मनीको आधुनिक इतिहासका प्रख्यात हत्यारा हुन्। अनुसन्धानकर्ताका अनुसार होगेलले बिरामीलाई आक्रमण गरेर घाइते बनाउँथे ।

घाइतेलाई उपचार गरेर निको बनाउने र सहकर्मीलाई प्रभावमा राख्ने उदेश्यले उनले बिरामीलाई घाइते बनाउथे। तर निको नभएपछि बिरामीको मृत्यु हुन्थ्यो । होगेलका पूर्व सहकर्मीसँगको कुराकानीको आधारमा अनुसन्धानकर्ताले उनको यथार्थ पत्ता लगाएका हुन्।

हाल होगेल ४८ वर्षका भए। उनले ५५ जनाको हत्या गरेको आफैंले बताएका हुन्। बाँकी अनुसन्धानको आधारमा पत्ता लागेको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ