पोखरा : खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्धारा वितरण गरिने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड’ आज प्रदान गरिदै छ । ‘समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ आज पोखरामा हुने कार्यक्रममा विभिन्न ८ विद्यामा अवार्ड प्रदान गरिदै छ ।
अवार्डका लागी मनोनयनमा परेका खेलाडीलाई छनौट गरि यस वर्षको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ १५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १० हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
यस पटकको अवार्डमा पपुलर प्लेयर अवार्ड समेत थप गरिएको छ । त्यस अवार्डका लागि एस.एम.एस.को आधारमा खेलाडी छनोट हुने संयोजक तथा मञ्चका महासचिव विजय नेपालले जानकारी दिए । त्यस्तै पपुलर वर्ष खेलाडीका लागि सर्वोत्कृष्ट खेलाडी पुरुष, महिला र उदीयमान विधामा नोमिनेसनमा परेकालाई दर्शकले दिएको भोटका आधारमा सबैभन्दा धेरै भोट पाउने खेलाडीलाई अवार्ड प्रदान गरिने उनले बताए।
उनका अनुसार भोटिङ अन्तिम दिन दिउँसो १ बजेसम्मै जारी रहनेछ। कार्यक्रम पोखरा सभागृह हलमा दिनको १ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्धघाटन गर्दै छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु