पोखरा : खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशद्धारा वितरण गरिने ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड’ आज प्रदान गरिदै छ । ‘समृद्धका लागि खेलकुद’ भन्ने नाराका साथ आज पोखरामा हुने कार्यक्रममा विभिन्न ८ विद्यामा अवार्ड प्रदान गरिदै छ ।
अवार्डका लागी मनोनयनमा परेका खेलाडीलाई छनौट गरि यस वर्षको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ १५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १० हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
यस पटकको अवार्डमा पपुलर प्लेयर अवार्ड समेत थप गरिएको छ । त्यस अवार्डका लागि एस.एम.एस.को आधारमा खेलाडी छनोट हुने संयोजक तथा मञ्चका महासचिव विजय नेपालले जानकारी दिए । त्यस्तै पपुलर वर्ष खेलाडीका लागि सर्वोत्कृष्ट खेलाडी पुरुष, महिला र उदीयमान विधामा नोमिनेसनमा परेकालाई दर्शकले दिएको भोटका आधारमा सबैभन्दा धेरै भोट पाउने खेलाडीलाई अवार्ड प्रदान गरिने उनले बताए।
उनका अनुसार भोटिङ अन्तिम दिन दिउँसो १ बजेसम्मै जारी रहनेछ। कार्यक्रम पोखरा सभागृह हलमा दिनको १ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्धघाटन गर्दै छन् ।
सम्बन्धित खबर
पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि युनाईटेड किङ्ग क्लबलाई
नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम
पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ