पोखरा । आगामि भदौ २१ गतेदेखि २८ गतेसम्म पोखरामा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा आगामि भदौ २१ गतेदेखि २८ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाबाट सहभागि हुन पाउने भन्दै तियोगिताका संयोजक जीवन सुनारले करिब ५० वटा टिमको सहभागिता हुन सक्ने अनुमान गरे । सेवा समाजको अनुसार प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रोले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर र हाइस्कोरर विधामा जनही ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । बगर हरिचोकस्थित राष्ट्रिय उच्च माविको खेलमैदानमा प्रतियोगिता हुनेछ ।
विश्वकर्मा समुदायका युवाहरुलाई एकतामा बाँध्ने र अन्य समुदायका युवासंग पनि सद्भाव अनि भाइचारा बाँड्ने लक्ष्य सहित उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक सुनारले बताए । प्रतियोगिताका लागि १३ लाख रुपैयाँ खर्च लाग्ने समाजले जनाएको छ ।
प्रतियोगिताका अर्थ संकलन सँयोजक राजेन्द्र गहतराजले प्रतियोगिताबाट १९ लाख रुपैयाँ संकलन हुन बताए ।प्रतियोगिताबाट बचेको रकम लाहाचोकस्थित जनजागरण आधारभुत विद्यालयको स्तरोन्नती र सोही ठाऊँमा रहेको शिव तथा विश्वकर्मा मन्दिरको निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’