पोखरामा यातायात सिण्डीकेट कायमै ? कम्पनीमा जान अटेर गर्दै व्यवसायी

पोखरामा यातायात सिण्डीकेट कायमै ? कम्पनीमा जान अटेर गर्दै व्यवसायी

sindiket-gadi

सिण्डीकेट/प्रतिक्रियात्मक चित्र

पोखरा । सरकारले गत जेठ १८ गते भित्रै सबै यातायात व्यवसायीहरुलाई कम्पनिमा जान निर्देशन दिएपनि यातायात सिण्डीकेट अन्त्य हुन नसक्दा पोखराका ट्रक व्यवसायीहरु अझै कम्पनीमा जान अटेर गरेका छन् । गण्डकी यातायात व्यबस्था कार्यालयका अनुसार पोखरामा रहेका अन्य यातायात व्यवसायीहरु कम्पनीमा गएपनि ट्रक व्यवसायीहरुले सरकारले दिएको निर्देशनको वेवास्ता गर्दै अझै कम्पनीमा जान मानेका छैनन् ।

कार्यालयको अनुसार पोखराका ट्याक्सि व्यवसायी संघ, पोखरा बस व्यवसायी समिति तथा पृथ्बी राजमार्ग बस संचालक समिति कम्पनीमा दर्ता भईसकेका छन् ।  सरकारले यातायात व्यवसायीहरुलाई कम्पनीमा जान निर्देशन दिएपनि व्यवसायी र कम्पनी बिचको भुमिका र क्षती हुदाको समयमा कसले जिम्मा लिने भन्ने बिषयमा प्रष्ट निति नल्याउँदा समितिमा जान असहज भएको व्यवसायीहरु बताउने गर्छन् ।

कम्पनिमा गएपनि सरकारले कम्पनी सञ्चालन सम्बन्धि कार्यविधि नबनाउँदा समस्या भएको दर्ता भईसकेका व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ