पृथ्वीबाट ४०८ किलोमिटर टाढा रहेको ‘अन्तर्राष्ट्रिय स्पेस स्टेशन’मा अब पर्यटक जान पाउने

पृथ्वीबाट ४०८ किलोमिटर टाढा रहेको ‘अन्तर्राष्ट्रिय स्पेस स्टेशन’मा अब पर्यटक जान पाउने

turist

एजेन्सी । पृथ्वीको सतहबाट ४०८ किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आइएसएस)मा आउँदाे वर्षबाट पर्यटक जान पाउने भएका छन् । अन्तरिक्षको गतिविधिबारे जानकारी एवं ब्रह्माण्डबारे अध्ययनका लागि सन् १९९८ मा पृथ्वीको कक्षामा राखिएको सो स्टेसनमा सन् २००० देखि लगातार वैज्ञानिकहरु आउने-जाने गरेका छन् । त्यसको व्यवस्थापन एवं सो अध्ययनका लागि त्यहाँ कम्तिमा २ वैज्ञानिकहरु नियमित रहने गरेका छन् ।

सोही स्टेसन अब सर्वसाधारण पर्यटकहरुका लागि पनि खुला गरिएको अन्तरिक्षबारे खोज, अन्वेशषण गर्ने अमेरिकी संस्था राष्ट्रिय वैमानिकी र अन्तरिक्ष प्रशासन (नासा)ले जनाएको छ ।

पृथ्वीको नजिकको कक्षमा रहेको एक प्रकारको कृत्रिम उपग्रह यो स्टेसनमा प्रत्येक वर्ष १२ जना पर्यटक जानसक्ने छन् । भने प्रति पर्यटकले ३५ हजार डलर अर्थात करिब ३९ लाख नेपाली रुपैयाँ बराबर रकम तिर्नुपर्ने छ ।

Image result for Nasa to open International Space Station to tourists

अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जान निजी अन्तरिक्ष यात्रीहरुलाई ३० दिन लाग्ने छ । उनीहरुलाई अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गराइने छ ।

Image result for Nasa to open International Space Station to tourists

हरेक वर्ष छोटो अवधिको लागि निजी अन्तरिक्ष मिशन पठाइने छ । यस मिशनको खर्च निजी कम्पनीले व्यहोर्ने छ । अन्तरर्राष्ट्रिय स्पेस स्टेशनका उपनिर्देशक रोबिन गेटेन्सले बताएका छन् ।

निजी कम्पनीले नै क्रूमा को-को रहने भन्ने तय गर्ने छ र उसैले नै अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।

Image result for inside of International Space Station
अन्तर्राष्ट्रिय स्पेस स्टेशनभित्र वैज्ञानिकहरू काम गर्दै

नासाले यस कामका लागि इलोन मस्कको स्पेसएक्स र बोइङ्ग नामका दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । स्पेसएक्सले आफ्नो ड्रागन क्याप्सुल प्रयोग गर्ने छ भने बोइङ्गले स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइ रहेको छ ।

Related image

तर यसअघि पनि अन्तरिक्षमा पर्यटक गइसकेा छन् । सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पहिलो पर्यटकका रूपमा गएका थिए । उनले दुई तर्फी यात्राका लागि रुसलाई दुई करोड डलर बुझाएका थिए ।सन् २०२४ सम्म फेरि चन्द्रमामा पहिलो महिला र दशकौंपछि पहिलो पुरुष जाने तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ