उच्च अदालत पोखराले फेवातालको ६५ मिटर भित्र बनेका भौतिक संरचनाहरु नहटाउन शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले पोखरा महानगरको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । न्यायाधिश डालकुमाल खड्काको इजालशले तत्काल संरचना नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।
महानगर विरुद्ध परेको रिटमा दुई अधिवक्ताहरु कृष्ण प्रसाद तिमल्सेना र कपिलमणि दाहालले बहस गरेका थिए । उच्च अदालतले दुबै पक्षलाई आगामी जेठ २८ गते छलफलका लागि बोलाएको छ । दुई साता अघि पोखरा महानगरले फेवाताल वरिपरिको ६५ मिटर मापदण्डले छुने घरटहरा हटाउन र कसैको दाबी भए प्रमाण लिएर आउन सार्वजनिक सूचना जारी गरेको थियो । कसैले अटेर गरे आफै भत्काउने भन्दै १५ दिने अल्टिमेटम सहितको सूचना जारी गरेको थियो ।
सोही सूचनाको आधारमा विष्णु दाहाल सहित २२ जनाले बिहीबार रिट दायर गरेका हुन् । रिटमा पोखरा महानगर सहित, जिल्ला समन्वय समिति कास्की, पोखरा उपत्यका नगर विकास समितिलाई विपक्षी बनाइएको थियो । उच्च अदालतले १५ दिन भित्र लिखित जवाफ पेस गर्न महानगरलाई भनेको छ ।
सम्बन्धित खबर
वाइडबडी विमान खरिद प्रकरणः ४ जना दोषी ठहर, १ अर्ब ४७ करोड भ्रष्टाचार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
रेडक्रस पोखरा ३२ उपशाखाको रक्तदानमा २३ युनिट रगत संकलन
घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी
शिशुवाको सङ्क्रामक अस्पतालमा निःशुल्क डायलाइसिस
सहारामा शुद्दिकरण सहितको पिउने पानी हस्तान्तरण
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखरामा मोटरसाइकल चोरी गरी पाटपुर्जा झिकेर बिक्री गर्ने युवक पक्राउ
दुई युवकमाथि आक्रमण गर्ने लमजुङका सुमित र सुशनसहित ४ पक्राउ