रुसमा २३ मिटर लम्बाइ भएको पुल रातारात चोरी !

रुसमा २३ मिटर लम्बाइ भएको पुल रातारात चोरी !

bridge

एजेन्सी । अहिलेसम्म घर, पसल धनमाल चोरी भएका घटना सामान्य थिए । तर रसियामा भने रेल चल्ने पुल नै चोरी भएको सार्वजनिक भएको छ । त्यो पनि २३ मिटर लम्बाइ र ५६ टन तौल भएको पुल चोरी भएको हो ।

अहिले त्यो पुल चोरी भएका तस्बीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यो पुल एक रातमै चोरी भएको हो । मानिसहरु यस्तो पुल कसरी चोरी हुन सक्ला भन्दै अच्चमीत भएका छन् तर घटना भने सत्य भएको बीबीसीमा जनाइएको छ ।

घटना रसियाको मुरमान्स्क (Murmansk) को हो । यहाँ अवस्थित उमब नदीमाथि रहेको पुल चोरी भएको हो । फिनल्याण्डको सीममा रहेको सो पुल धातुका लागि चोरी गरिएको हुन सक्ने जनाइएको छ ।

A bridge dismantled by suspected metal thieves in Russia's Murmansk Region

फोटोमा पुलकोबीचमा रहेको पुलको भाग गायब भएको देख्न सकिन्छ । अन्तराष्ट्रिय समाचार माध्यमले जनाए अनुसार सो पुललाई पानीमा खसालिएको हुनसक्ने र त्यसपछि त्यसमा रहेको धातु चोरी भएको हुनसक्छ । घटनाबारे Kirovsk प्रहरीले अनुसन्धा गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ