सहचालकले चलाएको ट्रक फिर्के पुलबाट खोलामा 

सहचालकले चलाएको ट्रक फिर्के पुलबाट खोलामा 

Firke

पोखरा । फिर्के पुलबाट खोलामा मोटरसाइकलहरु खस्दै आएका छन् । फराकिलो बाटो, साँघुरो पुल । त्यसैले त्यहाँ नयाँ पुल बनाउने काम सुरु पनि भएको छ । शनिबार बिहानै फिर्के पुलबाट ट्रक खोलामा खस्यो । सहचालक घाईते भएका छन् । चालक सामान्य छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार सबेरै ३ बजे ट्रक दुर्घटना भएको हो । विन्ध्यवासिनीतर्फबाट जिरोतिर गईरहेको ग १ क ४४७३ नं. को ट्रकमा दुई जना थिए ।

दुर्घटनामा तनहुँ घर भएका २० वर्षीय सुवास गुरुङ घाईते छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । टाउकोमा चोट र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक उनले नै चलाएका थिए । चालक ३६ वर्षीय सोनम गुरुङ सामान्य छन् ।

तस्विरः कञ्चन थापा

http://gandaknews.com/firke-pool-dharap/

http://gandaknews.com/accident-firke-second/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ