पोखरा नयाँबजारमा मापसे गरी पत्रकारको गाडीलाई ठक्कर, जिप सडकमै उत्तानो

पोखरा नयाँबजारमा मापसे गरी पत्रकारको गाडीलाई ठक्कर, जिप सडकमै उत्तानो

surandera car (1)

पोखरा नयाँबजारमा शनिबार बिहान ठूलो दुर्घटना टरेको छ । मापसे गरेका व्यक्तिले चलाएको जीपले सडक छेउमा पार्किङमा राखिएको पत्रकार सुरेन्द्र पौडेलको कारलाई ठक्कर दिएको हो । ग२ च ७८८३ नम्बरको कारमा पौडेल थिएनन् । पत्रकार पौडेल आर्थिक आवाजका सञ्चालक/सम्पादक हुन् ।

ठक्कर दिने बा १५ च ६७८३ स्कार्पियो जिप सडकमै उत्तानो परेको थियो । लेकसाइड स्थित एक होटलको सो जिप ड्राइभरले चलाएका थिए । ठक्कर दिएपछि रोडमै उत्तानो परेको जिपलाई क्रेनले उठाएर ड्राइभरको उद्धार गरिएको थियो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्धार गरिएका चालक मादक पदार्थ सेवन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

पत्रकार पौडेलले आफू कारमा रहेको भए ज्यान नै नरहने अवस्था रहेको जनाउँदै अगाडिको भागमा क्षति पुगेको जनाए ।

तस्विरः सन्देश श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ