गोरखाबाट काठमाडौँ जाँदै गरेको बस र ट्याक्टर ठोक्कियो, १८ जना घाइते

गोरखाबाट काठमाडौँ जाँदै गरेको बस र ट्याक्टर ठोक्कियो, १८ जना घाइते

62245467_1782959145172004_4477398200856084480_n

चितवनमा बस र ट्याङ्कर एक आपसमा ठक्कर खाँदा १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds