पोखरा । पोखरा महानगरपालिका र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशको सहमतिमा पोखरा महानगरपालिका वडा नम्बर २१, दोविल्लामा बनाउन लागिएको आधुनिक बधशाला निर्माणमा स्थानीयले अस्वीकार गरेका छन् । महानगरपालिका र प्रदेश सरकारले बधशाला निर्माणको लागि छनौट गरेको ठाउँ दाहसंस्कारस्थल (घाट) भएको भन्दै स्थानीयहरुले अस्वीकार गरेका हुन् ।
दोविल्लामा आधुनिक बधशाला बनाउनका लागि प्रदेश मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । बधशाला बनाउनका लागि करिब १० करोड लागत अनुमान गरिएको मध्य हाल प्रदेश सरकारबाट ३ करोड रुपैँया र महानगरपालिकाबाट २ करोड गरी कुल ५ करोड बजेट बिनियोजन भईसकेको छ ।
महानगर र प्रदेश सरकारले बधशाला निर्माण गर्ने भनेको उक्त ठाउँमा पोखराको निर्मलपोखरी, बिरौटा, रातोपैह्रा, कृष्ती, स्याङ्जाको टक्सार, चिलाउनेखर्क, हलेदे लगायतका बिभिन्न ठाउँका मानिसहरुको दाहसंस्कार गर्ने गरिएको स्थानीयहरु बताउँछन् ।
सदिँयौदेखि दाहसंस्कार गर्दै आएको ठाउँमा बधशाला बनाउन खोज्नु धर्म-संस्कार मास्न खोजेजस्तै भएको स्थानीयको भनाई छ ।
‘जग्गा नापजाँच गर्न गएका इञ्जिनियरलाई स्थानीयले फर्काईदिए’
महानगरपालिका र प्रदेश सरकारको सहमति अनुसार दोविल्ला घाटमा बधशाला निर्माणका लागि आबश्यक जग्गा नापजाँच गर्न शुक्रबार गएका इञ्जिनियरको टोलीलाई काम गर्न नदिई फर्काइदिएको स्थानीय बताउँछन् । शुक्रबार एञ्जिनियरको टोलीलाई फिर्ता पठाएका स्थानीयले उक्त ठाउँमा बधशाला निर्माण गर्न नदिने उदेश्यले तीन सय विरुवा बृक्षरोपण गरेका छन् ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते