पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले आँटा र मस्यौरालगायतका खाद्यबस्तुमा मूल्य अभिबृद्धि कर लगाएकोमा आपत्ति जनाएको छ । महासंघका अध्यक्ष संजिबहादुर कोइरालाले अत्यावश्यक खाद्यबस्तु आँटामा भ्याट लगाएर सरकारले आम नागरिकको भान्छा महंगो बनाएको भन्दै सो निर्णय तत्काल खारेज गर्न माग पनि गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत आँटामा भ्याट लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै एक किलोग्राम आँटा ६–७ रुपैयाँ महंगो हुन पुगेको छ । अध्यक्ष कोइरालाद्धारा जारी विज्ञप्तिमा चामलपछि दोस्रो खाद्यान्न रहेको आँटामा भ्याट लगाएर सरकारले सामािजक सुरक्षा भत्ता बढाएको घोषणा गर्ने सरकारले के गर्न खोजेको हो भन्ने प्रश्न पनि गरिएको छ ।
यसैगरी विज्ञप्तिमा आँटाको मूल्य बढाउँदा त्यसबाट बन्ने तथा मित्रराष्ट्र चीनतिर निर्यात हुने सामानहरुको भाउ समेत बढ्दा देशको निर्यात व्यापार नै घट्ने चिन्ता पनि गरिएको छ । ‘निर्यातमा विशेष योगदान दिने उद्योगलाई चाहिने कच्चा पदार्थमै मूल्यअभिवृद्धि कर लगाउँदा ती उत्पादनहरुको लागत बढ्न गई प्रतिष्पर्धी क्षमता गुम्नेतर्फ सरकारले कुनै ध्यान नदिएकोमा हामी आश्चर्यचकित भएका छौँ’, विज्ञप्तिमा भनिएको छ,‘आँटामा भ्याट लगाउँदा नेपाली उत्पादन महंगो हुने र त्यसले दक्षिणी नाकाबाट चोरी निकासी बढ्दै यहाँको उत्पादन र उद्योग÷ व्यवसाय नै बन्द हुने खतरा बढेको छ ।’
प्रेस विज्ञप्ति
नेपाल सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमार्फत आम नागरिकको दैनिक जीवनसँग जोडिएको खाद्यान्नमा समेत मूल्यअभिबृद्धि कर ( भ्याट ) लगाउने घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।
खासगरी आँटा र मस्यौरालगायतका खाद्याबस्तुमा मूल्यअभिबृद्धि कर लगाइनु भनेको आम नागरिकको भान्सा महंगो बनाउनु हो । चामलपछि आँटा नेपालको दोस्रो मुख्य खाद्यान्न हो । मुख्य खाद्यान्नमा मूल्यअभिबृद्धि कर लगाउँदा त्यसको प्रत्यक्ष असर आम नागरिकको जीवनसँग जोडिन्छ । पछिल्लो समय स्वस्थकर खाद्यान्नको रुपमा परिचित आँटाका परिकारहरु बालकदेखि बृद्धसम्मकै रोजाईमा पर्ने गरेको छ । सामाजिक सुरक्षाका आकर्षक योजना ल्याउने सरकारले मानिसको भान्छा नै महंगो बनाएर के सन्देश दिन खोजेको हो हामीले बुझेका छैनौँ ।
अहिले आँटामा लगाइएको मूल्यअभिबृद्धि करका कारण पोखरामा एक किलोग्राम आँटामा करिब ६÷७ रुपैयाँ मूल्य बढ्न पुग्छ । यो मूल्य बृद्धि सानो हैन । यसले आम नागरिकको पूँजी संचित गर्ने अभियानमा पनि ठूलो धावा बोल्ने निश्चित रहेको छ । अर्कोतर्फ आँटा नेपालका साना, मझौला तथा ठूला उद्योगहरुको विभिन्न उत्पादनको कच्चा पदार्थ समेत हो ।
नेपाली उत्पादकहरुले आँटा प्रयोग गरी उत्पादित बस्तुहरु निर्यात गरेर बढ्दो व्यापार घाटा कम गर्न यथाशक्य योगदान गनि गर्दै आएका छन् । खासगरी चीनतर्फ आँटाबाट निर्मित सामानहरुको निर्यातको स्थिति लोभलाग्दो रहेको छ । निर्यात प्रवद्र्धनको चर्को नारा दिने तर निर्यातमा विशेष योगदान दिने उद्योगलाई चाहिने कच्चा पदार्थमै मूल्यअभिवृद्धि कर लगाउँदा ती उत्पादनहरुको लागत बढ्न गई प्रतिष्पर्धी क्षमता गुम्नेतर्फ सरकारले कुनै ध्यान नदिएकोमा हामी आश्चर्यचकित भएका छौँ ।
आँटामा भ्याट लगाउँदा नेपाली उत्पादन महंगो हुने र त्यसले दक्षिणी नाकाबाट चोरी निकासी बढ्दै यहाँको उत्पादन र उद्योग÷ व्यवसाय नै बन्द हुने खतरा बढेको छ । सरकारले केही वर्षअघि तोरीमा मूल्यअभिबृद्धि कर लगाएर यहाँका तेलहन उद्योग र तोरीको उत्पादन नै घटाउने आत्मघाती निर्णय गर्दा त्यसले लामो समयसम्म नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पा¥यो । धन्न पछि सरकारले त्यो निर्णय सच्यायो ।
अत : नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कुनै पनि निर्णय गर्दा त्यसको दीर्घकालीन प्रभाव र आम उपभोक्तालाई पर्ने असरबारे सचेत रहन आग्रह गर्दै आँटामा लगाइएको मूल्यअभिबृद्धि कर तत्काल खारेज गर्न जोडदार माग गर्दछौँ । आम उपभोक्ताको ढाड सेक्ने तथा उद्योग÷व्यवसायमा प्रतिकूल असर पार्ने यस्ता निर्णय खारेज नगरिए नेपालको निजी क्षेत्र चुप लागेर बस्न नसक्ने पनि हामी यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।
संजिवबहादुर कोइराला
अध्यक्ष
सम्बन्धित खबर
आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
पोखरामा मनाइयो राष्ट्रिय कर दिवस, उत्कृष्ट करदाता सम्मानित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
यो पनि पढौँ
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल