पोखरा । पोखरा महानगरपालिका भित्र रहेको एक खानेपानी कम्पनीले उत्पादन गरेको पानीको बोत्तल भित्र माकुरा भेटिएको छ । पोखराको लेखनाथबाट उत्पादन भएको सेभेन लेक्स कम्पनीको पानी किन्दा नखोलेको बोत्तल भित्र माकुरा भेटिएको हो ।
पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा रहेको लेखनाथ शुद्ध खानेपानी उद्योगले उत्पादन गरेको पानी पोखरा ४ को एक किनारा पसलबाट किन्दा त्यसमा माकुरा भेटिएको हो । पोखरा र लेखनाथमा सबैभन्दा बढी खपत हुने उक्त खानेपानीको सिल गरिएको बोत्तल भित्र माकुरा परेको र उपभोक्ताले कम्पनीसंग खानेपानीमा माकुरा परेको जानकारी गराउँदा कम्पनीका कर्मचारीले बेवास्ता गरेको उपभोक्ताको आरोप रहेको छ ।
उपभोक्ताले पानीमा माकुरा परेको छ भन्दा उल्टै जहाँ जे गर्ने हो गर , “मिडियामा गएर मलाई केही फरक पर्दैन” भन्दै कर्मचारीले भनेको गुनासो उपभोक्ताको रहेको छ । लेखनाथ खानेपानी उद्योगका सिलबन्दी गरेको पानीमा अखाद्य बस्तु फेला परेको यो पहिलो घटना भने होइन । यस भन्दा अगाडि पनि यस कम्पनीको सिलबन्दी पानीमा कहिले लेदो र कहिले फोहर भेटिएर उपभोक्ताले उजुरी गरेका थिए ।
पटक पटक समस्या आउदाँ पनि सो कम्पनीलाई हाल सम्म कसैले कारवाही गर्न सकेको छैन । यस बिषयमा उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले आफुहरुलाई जानकारी नआएको र जानकारी आएमा कारबाहीको दायरामा ल्याउने बताए ।
सेभेन लेक्सका संचालकसंग यो बिषयमा कुरा गर्दा उनले सामान्य रुपमा लिएका छन । शुरुवातमा उनले स्वीकार नगरेको र पछि मानवीय त्रुटि भएको बताए । यसरी पानी जस्तो अत्ति संवेदनशील वस्तुमा मानवीय त्रुटि भन्दै उम्कने हो भने भोलिको दिनमा यो माकुरा परेको पानी पिएर कसैको ज्यानमा खतरा आए के गर्ने रु प्रश्न जवाफ दिनै पर्ने खालको छ ।news24nepal.tv
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो