पोखरा । लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । ३५ लाखको लागतमा सम्पन्न भएको उक्त योजनाबाट ४० घर परिवारलाई एक÷एक धारा उपलब्ध गराइएको कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए । उक्त कार्यको लागि महानगरले २२ लाख ७० हजार सहयोग गरेको छ ।
उनका अनुसार सराङकोटकै कुसुन्नेको मूलबाट पानी लिफ्टिङ गरी मेथलाङमा पानी वितरण गरिएको हो । मूल भएको ठाउँमा कलेक्सन, रिजर्भ ट्यांकी र पानी तान्ने मोटर राखिएको सुवेदीले जानकारी दिए । पानी मेथलाङमा पु¥याउन करिब ६ सय ५० मिटर जीआई पाइप विछ्याइएको र मेथलाङमा ५० हजार लिटर क्षमताको पानी ट्यांकी बनाएर घर÷घरमा पानी वितरण गरिएको कार्यक्रम संयोजक गणेश देवकोटाले बताए ।
साविक सराङकोट ६ मा पर्ने मेथलाङमा गोठादीबाट पानी ल्याइएको भएपनि प्रर्याप्त थिएन। एउटा धाराबाट ८ घरलाई पानी पु¥याउनु पर्ने वाध्यता थियो । पुरानो खानेपानी लाइन भएकाले बेला÷बेलामा समस्या आउने र पानी लिनका लागि डेड घण्टा टाढा स्यानीमूल सम्म पुग्नुपर्ने अवस्था थियो । अब भने पानीको समस्या हटेको अध्यक्ष सुवेदीले बताए । उक्त खानेपानी आयोजना जेठ ३२ गते पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पोखरा महानगरपालिकामा गाभिएका साविकका गाविसमा पिउने पानीको समस्या भएका ठाउँहरुमा एक घर एक धारा पु¥याउने गरी काम अघि बढेको प्रमुख जिसीले बताए । विभिन्न वडामा गरी चालु आर्थिक वर्षमा ४४ वटा खानेपानीका योजना मार्फत् एक घर एक घारा पु¥याउने काम अगाडि बढेको हो । योजना मध्ये केही पुराना खानेपानीका योजनालाई मर्मत गर्ने कार्यपनि अन्तिम चरणमा पुगेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार नै महानगरमा पानीको समस्या भएका ठाउँमा एक घर एक धारा पु¥याउने कार्यलाई आगामी वर्षको बजेटमा पनि प्राथमिकता दिइने जिसीले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो