पोखरा । लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । ३५ लाखको लागतमा सम्पन्न भएको उक्त योजनाबाट ४० घर परिवारलाई एक÷एक धारा उपलब्ध गराइएको कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए । उक्त कार्यको लागि महानगरले २२ लाख ७० हजार सहयोग गरेको छ ।
उनका अनुसार सराङकोटकै कुसुन्नेको मूलबाट पानी लिफ्टिङ गरी मेथलाङमा पानी वितरण गरिएको हो । मूल भएको ठाउँमा कलेक्सन, रिजर्भ ट्यांकी र पानी तान्ने मोटर राखिएको सुवेदीले जानकारी दिए । पानी मेथलाङमा पु¥याउन करिब ६ सय ५० मिटर जीआई पाइप विछ्याइएको र मेथलाङमा ५० हजार लिटर क्षमताको पानी ट्यांकी बनाएर घर÷घरमा पानी वितरण गरिएको कार्यक्रम संयोजक गणेश देवकोटाले बताए ।
साविक सराङकोट ६ मा पर्ने मेथलाङमा गोठादीबाट पानी ल्याइएको भएपनि प्रर्याप्त थिएन। एउटा धाराबाट ८ घरलाई पानी पु¥याउनु पर्ने वाध्यता थियो । पुरानो खानेपानी लाइन भएकाले बेला÷बेलामा समस्या आउने र पानी लिनका लागि डेड घण्टा टाढा स्यानीमूल सम्म पुग्नुपर्ने अवस्था थियो । अब भने पानीको समस्या हटेको अध्यक्ष सुवेदीले बताए । उक्त खानेपानी आयोजना जेठ ३२ गते पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पोखरा महानगरपालिकामा गाभिएका साविकका गाविसमा पिउने पानीको समस्या भएका ठाउँहरुमा एक घर एक धारा पु¥याउने गरी काम अघि बढेको प्रमुख जिसीले बताए । विभिन्न वडामा गरी चालु आर्थिक वर्षमा ४४ वटा खानेपानीका योजना मार्फत् एक घर एक घारा पु¥याउने काम अगाडि बढेको हो । योजना मध्ये केही पुराना खानेपानीका योजनालाई मर्मत गर्ने कार्यपनि अन्तिम चरणमा पुगेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार नै महानगरमा पानीको समस्या भएका ठाउँमा एक घर एक धारा पु¥याउने कार्यलाई आगामी वर्षको बजेटमा पनि प्राथमिकता दिइने जिसीले बताए ।
सम्बन्धित खबर
कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा