पोखरामा महानगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ ३१ गतेदेखि हुँदै

पोखरामा महानगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ ३१ गतेदेखि हुँदै

pok-studim-dnb

file photo

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा आगामि जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्ययनरत १८ वर्ष भन्दा कम उमेरका विद्यार्थी सहभागी गराउने गरी सञ्चालन गर्न लागिएको प्रतियोगिता आगामि जेठ ३१ गतेदेखि असार २ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो ।

महानगरपालिकाको अनुसार प्रतियोगितामा सहभागी हुनका लागि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा खेलाडीको नाम दर्ता गर्न सकिनेछ ।

महानगरका शिक्षा महाशाखा अधिकृत वसन्तराज पौडेलका अनुसार छात्र, छात्रातर्फ भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका विभिन्न खेलहरु समावेश गरिएको प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरु लाई नगदसहित मेडल प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न वडा नम्बर १० का वडाध्यक्ष राजकुमार गुरुबको संयोजकत्वमा प्राविधिक तथा व्यवस्थापन उपसमिति गठन गरी अनिवार्य रुपमा सहभागी हुन् सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको महानरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ