पोखराको उत्तमचोकमा गोली चल्दा प्रहरीसहित लागुऔषध कारोबारी युवक घाईते भएका छन् । लगत्तै प्रहरी टोलीले अमरसिंह चौर नजिकैबाट अर्का महिलालाई लागुऔषध सहित पक्राउ गरेको छ ।
लागुऔषध कारोबारी गोबिन्द थापा (जोन)को पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ । उनको बायाँ गोडामा गोली लागेको छ । थापा खतरा मुक्त छन् । स्थानियबासीका अनुसार लागुऔषधसहित भएका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए ।
प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर प्रहरीले गोली चलाउनुपरेको प्रहरी स्रोतले जनाएको छ । घाईते प्रहरी जुनिअर अधिकृत (प्रहरीले नाम गोप्य राखेको) लाई पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज गरिसकिएको छ । उनको बायाँ गोडामा सामान्य चोट लागेको छ ।
प्रहरी निरीक्षक गणेश सुवेदी नेतृत्वको प्रहरी टोलीले थापालाई पक्राउ गर्न सफल भएको हो । आक्रमणमा उत्रिएपछि प्रहरीले उनलाई घुँडामुनी गोली हानेर नियन्त्रणमा लिएको थियो ।
थापासँगै भएका भनिएका अर्का एक जना व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
तत्काल अमरसिंहबाट ड्रग्ससहित महिला पनि पक्राउ
गोली चलाएर थापा पक्राउ गरे लगत्तै नजिकै अमरसिंह चौर क्षेत्रबाट अर्की महिला लागुऔषध सहित पक्राउ परेकी छन् । ९ सय थान लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी श्रोतले जनाएको छ । एसपी दानबहादुर कार्कीले कास्की प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै लागूऔषध नियन्त्रणमा सक्रिय रुपमा लागेको एक पछि अर्को घटनाले प्रमाणित हुँदै गएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो