पोखराको उत्तमचोकमा गोली चल्दा प्रहरीसहित लागुऔषध कारोबारी युवक घाईते भएका छन् । लगत्तै प्रहरी टोलीले अमरसिंह चौर नजिकैबाट अर्का महिलालाई लागुऔषध सहित पक्राउ गरेको छ ।
लागुऔषध कारोबारी गोबिन्द थापा (जोन)को पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ । उनको बायाँ गोडामा गोली लागेको छ । थापा खतरा मुक्त छन् । स्थानियबासीका अनुसार लागुऔषधसहित भएका व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए ।
प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर प्रहरीले गोली चलाउनुपरेको प्रहरी स्रोतले जनाएको छ । घाईते प्रहरी जुनिअर अधिकृत (प्रहरीले नाम गोप्य राखेको) लाई पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज गरिसकिएको छ । उनको बायाँ गोडामा सामान्य चोट लागेको छ ।
प्रहरी निरीक्षक गणेश सुवेदी नेतृत्वको प्रहरी टोलीले थापालाई पक्राउ गर्न सफल भएको हो । आक्रमणमा उत्रिएपछि प्रहरीले उनलाई घुँडामुनी गोली हानेर नियन्त्रणमा लिएको थियो ।
थापासँगै भएका भनिएका अर्का एक जना व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
तत्काल अमरसिंहबाट ड्रग्ससहित महिला पनि पक्राउ
गोली चलाएर थापा पक्राउ गरे लगत्तै नजिकै अमरसिंह चौर क्षेत्रबाट अर्की महिला लागुऔषध सहित पक्राउ परेकी छन् । ९ सय थान लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी श्रोतले जनाएको छ । एसपी दानबहादुर कार्कीले कास्की प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै लागूऔषध नियन्त्रणमा सक्रिय रुपमा लागेको एक पछि अर्को घटनाले प्रमाणित हुँदै गएको छ ।
सम्बन्धित खबर
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट