लमजुङको सुन्दरबजारमा ‘चिल्ड्रेन पार्क’ बन्दै

लमजुङको सुन्दरबजारमा ‘चिल्ड्रेन पार्क’ बन्दै

children park

श्यामशितल परियार–लमजुङको सुन्दरबजार नगरपालिका–६, शिवालय मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ निर्माण कार्य धमाधम भइरहेको छ । महिला तथा बालबालिका लक्षित बजेटबाट पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको छ ।

बिदाको समयका साथै बिहान–बेलुकीको समयमा स्थानीय बालबालिकालाई खेल्नका लागि सहज हुने भन्दै ‘चिल्ड्रेन पार्क’ बनाउन लागिएको सुन्दरबजार नगरपालिका–६, का वडाअध्यक्ष रघुनाथ मिश्रले जानकारी दिए ।

‘बालबालिका सडकमा जथाभावी खेल्दा सवारी दुर्घटनाको जोखिम बढ्यो । सम्भावित सडक दुर्घटनालाई न्यूनिरकणका गर्नुका साथै स्थानीय बालबालिकालाई सुरक्षित र सहज रुपमा खेल्ने वातावरण सिर्जना गर्न ‘चिल्ड्रेन पार्क’ बनाउन लागिएको हो,’ उनले भने ।

उनका अनुसार धार्मिक एवम् ऐतिहासिक महत्वको शिवालय मन्दिर गुठी परिसरमै रहेको शिवालय गुठीअन्तर्गत रहेको साँढे ३ रोपनी जग्गामा ‘चिल्डे«न पार्क’ बन्दै गरेको हो । पार्कको जग्गा सम्याउने काम सकिएको छ । अहिले दुबो, फूल रोप्ने कामका साथै बाटो निर्माण भइरहेको छ ।

वडाअध्यक्ष मिश्रका अनुसार नगरपालिभत्रका ११ वटै वडामा एक÷एक वटा ‘चिल्डे«न पार्क’ बनाउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘सबै वडामा एक÷एक वटा ‘चिल्डे«न पार्क’ बनाउने नगरपालिकाको नीति तथा कार्यक्रममा छ । त्यसैले पहिलो चरणअन्तर्गत यहाँ पार्क निर्माण भइरहेको छ,’ उनले भने ।

‘पार्कमा विभिन्न खेल संरचनाहरु बनाईने छ । पार्कमा बालबालिकाले सहज र सुरक्षित रुपमा खेल्न, रमाउन सक्छन्,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds