पोखरामा ड्रग्स कारोबारः कारगारभित्रैबाट गुप्ताको सेटिङ, श्रीमती समेत पक्राउ

पोखरामा ड्रग्स कारोबारः कारगारभित्रैबाट गुप्ताको सेटिङ, श्रीमती समेत पक्राउ

62515768_305445043678116_3607537615403745280_n

पोखरा : उदयकुमार गुप्ता लागुऔषध कारोबार कसुरमा कास्की जिल्ला कारागारमा छन् । उनैको सेटिङमा श्रीमती देवकुमारीले पोखरामा लागुपदार्थ ओसारपोसार गर्दै आइरहेको खुलेको छ । बुधबार उत्तमचोकमा गोली प्रहार गरेर लागुऔषध सहित गोविन्द थापालाई नियन्त्रणमा लिने बित्तिकै देवीकुमारीलाई पनि अमरसिंह चौर क्षेत्रबाट कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहरीसँगको बयानमा श्रीमानले टेलिफोनमा भने अनुसारको ठाउँमा नियमित रुपमा लागुपदार्थ पु¥याउँदै आएको रहस्य खोलेकी छन् । कास्की प्रहरीको कमाण्ड सम्हाल्न दानबहादुर कार्की आउने बित्तिकै लागुपद्धार्थ कारोबार, ओसारपसार र प्रयोगमा कडाई गर्ने बताएका छन् तर, विगतदेखि नै ड्रग्स ओसारपसार, प्रयोगमा कडाई गर्ने अभियान चलाइएपनि रोकिन सकेको छैन ।

पोखरा ९ घर भएकी हाल बुद्धचोकमा बस्ने देवीकुमारी गुप्तालाई पक्राउ गरेपछि जेलभित्रैबाट लागुऔषध विक्रिको लागि कास्कीमा सेटिङ हुने तथ्य पत्ता लागेको हो । जेल परेका ब्यक्तिले नै लागुऔषध कारोबारको सेटिङ मिलाउने गरेको यसरी खुलासा भएपछि प्रहरीलाई झनै चुनौति छ । कसैले लागुपद्धार्थ ओसारपसार गरेको, प्रयोग गरेको भेटिए गोप्य तबरले प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ