पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँ लागतमा निर्माण गरिएको नयाँ क्वार्टरमा सरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सहिदचोकमा प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति बनाएको नयाँ क्वार्टरमा शुक्रबार बिहान मुख्यमन्त्री गुरुङ पूजाआजा गरेर प्रवेश गरेका हुन् ।
शुक्रबार बिहान गण्डकी प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु तथा मुख्यमन्त्रीका आफन्तहरु प्रजिअको आवास प्रयोजनका लागि भनेर निर्माण गरिएको तर प्रयोगमा नआएको क्वाटरमा पुगे । अनि मुख्यमन्त्री गुरुङले पण्डितले निकालेको उचित साइत अनुसार पूजाआजा गरे, क्वाटरको मुख्य ढोकामा नरिवल फुटाए अनि नयाँ क्वार्टरमा प्रवेश गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको रुपमा निर्वाचित भएपछि पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउस, राष्ट्र बैंक गेस्टहाउस, पार्दीस्थित महानगरको गेस्ट हाउसमा बस्दै आएका गुरुङ आजदेखि नयाँ क्वार्टरमा सरेका हुन् । प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रदेश सरकारको आफ्नै भवन नहुँदा मन्त्री तथा प्रदेश प्रमुखहरु अन्य कार्यालयको भवनमा बस्दै आएका छन् ।
सम्बन्धित खबर
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
गण्डकीका स्वास्थ्य सचिव विनोद विन्दु शर्माको सरुवा, डा. बगालेको पदस्थापन
रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण माग्याे उच्चले
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी