शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा छापा मार्दा झण्डै १३ लाख मूल्य बराबरको ठूलो मात्रामा लागुऔषध भेटियो । १८ वर्षीय किशोर डेविड तामाङलाई ठूलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले पक्राउ गरेको थियो । टिनको सो कोठालाई ड्रग्स अड्डा नै बनाउने यति सानो उमेरको तामाङ एक्लै थिएनन् । उनको दाइ नाता पर्ने मुख्य कारोबारी वाङदोर्जे तामाङ भने फरार रहेका थिए । भोलिपल्टै आज शनिबार वाङदोर्जे पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक चौतारा गाँउपालिकाका १८ बर्षीय तामाङलाई १ हजार ९ सय २ थान लागुऔषध सहित पक्राउ गरेर सफलता पाएको कास्की प्रहरीले फरार रहेका सिन्धुपाल्चोककै मार्मी ८ का २५ बर्षीय लागुऔषध कारोबारी वाङदोर्जे तामाङलाई पोखरा १७ छोरेपाटन नमुना टोलबाट मध्यान्ह साढे १२ बजे पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनीहरु पोखरा १० उत्तमचोकमा बस्दै आएको कार्कीले जानकारी दिए ।
प्रहरीले हिजो पक्राउ परेका डेविड तामाङको साथबाट डाइजापाम, नर्फिन र फेनारगन गरी १ हजार ४ सय ६४ थान, नाइट्रोसन १ सय चक्की र एनसेडील ३ सय ३८ बोत्तल बरामद गरेको थियो । पक्राउ परेका डेभिडले आफुलाई दाइले फसाएको बताएका छन् । पछिल्लो समय पोखरा बसेर लागुऔषध कारोबारमा सक्रिय उनीहरुलाई नियन्त्रणमा लिएपछि लागुऔषध कारोबारको नेटवर्क नष्ट गर्न केही सघाउ पुग्ने विश्वास लिइएको छ ।
http://gandaknews.com/sp-karki/
कास्की प्रहरीले लागु औषधको गिरोह ध्वस्त पार्ने अभियान तिव्र पारेको छ । सोही कमाण्ड भित्र बस्ने महिलाहरुका अनु्सार डेभिडको दाइ कहिलेकाही आउने जाने गरेको बताएका छन् । दुई दिन अघि पोखराको उत्तमचोकमा लागु औषध कै कारोबारी जोन भन्ने गोविन्द थापालाई गोली प्रहार गरेरै गिरफ्तार गरिएको थियो । घाइते जोनको अहिले पनि उपचार भैरहेको छ ।
http://gandaknews.com/ganesh-thapa-pokhara-uttamchok-update/
लगत्तै अमरसिंह चौर आसपासबाट लागुऔषध मुद्धामा जेल परेका उदयकुमार गुप्ताकी श्रीमती देवी गुप्ता ठूलो मात्रामा लागुऔषध सहित पक्राउ परिन् । उनले श्रीमान्कै कामलाई निरन्तरता दिइरहेकी थिईन् ।
http://gandaknews.com/gupta-pokhara/
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?