गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दैछन् । आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्बको बजेट ल्याउने तयारी सरकारको छ ।
आन्तरिक ऋणसमेत जोडेर करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ। आन्तरिक ऋण लिने वा नलिने भन्नेबारेमा अन्तिम निर्णय भने नभइसकेको स्रोतको दाबी छ। आन्तरिक ऋण नलिने निर्णय भएको खण्डमा ३० अर्बको मात्रै बजेट आउने स्रोत बताउँछ। ३२ अर्बको बजेट आएमा यो चालू आवको तुलनामा ८ अर्बले बढी हो । चालू आर्थिक वर्षमा सरकारले २४ अर्ब २८ करोडको बजेट ल्याएको थियो।
गण्डकी प्रदेश सरकारले केन्द्र सरकारबाट वित्तीय समानीकरणतर्फ ७ अर्ब ११ करोड, ससर्त अनुदानतर्फ ५ अर्ब ३३ करोड र राजस्व बाँडफाँडतर्फ ७ अर्ब ७० करोड आएको जनाएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वतर्फ २ अर्ब ९० करोड उठाउने लक्ष्य राखेको छ ।
चालू आर्थिक वर्षमा एक अर्ब ६९ करोड आन्तरिक राजस्व उठाउने उल्लेख थियो । संघ सरकारले विशेष अनुदानबापत चालू आवमा १ अर्ब ३५ करोड दिएकोमा आगामी आवका लागि पनि सो भन्दा बढी रकम आउने अनुमान गण्डकी प्रदेश सरकारको छ।
बजेटमा क्षेत्र विकास कोषमार्फत प्रदेश सांसदलाई रकम विनियोजन हुँदैछ। बजेटमा प्रतिसांसद २ करोडका दरले रकम विनियोजन गर्ने स्रोतले बताएको छ। यस्तो रकम प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै हो कि समानुपातिक तर्फकालाई पनि हो भन्नेबारे खुलेको छैन ।
यसअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ सरकारले दिएको रकमको ठ्याक्कै आधा रकम प्रदेश सरकारले क्षेत्र विकास कोषका लागि छुट्याउने घोषणा गरेका थिए । संघ सरकारले क्षेत्र विकास कोषका लागि प्रतिसांसद ६ करोड छुट्याइसकेकाले प्रदेश सरकारलाई दबाब परेको छ । मुख्यमन्त्रीको घोषणा अनुसार ३ करोड रकम क्षेत्र विकास कोषमार्फत सांसदलाई छुट्टिनुपर्ने भएपनि बजेट टाइट भएकाले यसपटक २ करोड मात्रै छुट्याउने तयारी गरिएको स्रोतको दाबी छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य