गण्डकी प्रदेशको विकास : पर्यटनमा आधार धेरै बजेट कम

गण्डकी प्रदेशको विकास : पर्यटनमा आधार धेरै बजेट कम

pokhara

पोखरा । पर्यटन क्षेत्रलाई विकासको मुख्य आधार मानेर अघि बढेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक बजेट तथा कार्यक्रममा पर्यटन विकासका लागि कम बजेट विनियोजन गरेको छ ।

आईतबार गण्डकी प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटन विकासका लागि चालु आर्थिक बर्षमा ६७ करोड ६० लाखको बजेट विनियोजन भएको सुनाएका थिए । उक्त बजेट कुल बजेटको करिब दुई प्रतिशत मात्रै हुन्छ ।

कुल ३२ अर्ब १३ करोडको कुल बजेट मध्य पर्यटन विकासका लागि ६७ करोड ६० लाख मात्रै विनियोजन हुनु भनेको असुहाउँदो भएको भन्दै आलोचना हुन थालेको छ ।

प्रदेश सरकारले गत बर्ष ल्याएका कतिपय कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको तथा पर्यटनलाई कम प्रथामिकता दिएको भन्दै  नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले प्रदेशको बजेटको खण्डन गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ