एजेन्सी :पश्चिम बंगालमा एक जना जादुगर जादु देखाउने क्रममा नदीमा बेपत्ता भएका छन् । पश्चिम बंगालमा जादुगर चञ्चल लाहिरीले चर्चित जादुगर ह्यारी हूडीनीको नक्कल गर्ने क्रममा कोलकातामा रहेको हुगली नदीमा बेपत्ता भएका हुन् । अधिकारीहरुका अनुसार उनको मृत्यु भएको आशंका गरिएको छ ।
उनी आफ्ना हातखुट्टा सिक्रीले बाँधेर नदीमा पसेका थिए । उनी पानीमा पसेर डोरी ‘जादु’ले खुलेपछि किनारामा आउने योजनामा थिए । तर उनी त्यसपछि देखा परेनन् । आइतबार जादु हेर्न आएका दर्शकले प्रहरीलाई घटनाका बारेमा खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।
म्यानड्रेकका नामले परिचित जादुगर लाहिरी डुङ्गाबाट नदीमा हाम फालेका थिए । डुङ्गामा रहेका दुई जना व्यक्तिका अनुसार लाहिरीले आफ्ना हातखुट्टा एउटा फलामको सिक्रीमा ६ वटा ताला लगाएका थिए ।
नदीमा हाम फाल्नुभन्दा अघि तयारी गर्दै चञ्चल लाहिरी
स्थानीय पत्रिकाका फोटोपत्रकार जयन्त शाह पनि लाहिरीको जादु हेर्न त्यहाँ पुगेका थिए । उनले लाहिरीसँग जादु देखाउनुपूर्व कुराकानी गरेको बीबीसीसँगको कुराकानीमा जानकारी दिएका छन् ।
लाहिरीले यस्तो जादु देखाएको भने पहिलो पटक होइन । २० वर्षअघि उनी एउटा काँचको डिब्बामा पसेर नदीमा हाम फालेका थिए । त्यसबेला भने उनी सफलतापूर्वक बाहिर निस्केका थिए ।
सम्बन्धित खबर
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु