एजेन्सी :पश्चिम बंगालमा एक जना जादुगर जादु देखाउने क्रममा नदीमा बेपत्ता भएका छन् । पश्चिम बंगालमा जादुगर चञ्चल लाहिरीले चर्चित जादुगर ह्यारी हूडीनीको नक्कल गर्ने क्रममा कोलकातामा रहेको हुगली नदीमा बेपत्ता भएका हुन् । अधिकारीहरुका अनुसार उनको मृत्यु भएको आशंका गरिएको छ ।
उनी आफ्ना हातखुट्टा सिक्रीले बाँधेर नदीमा पसेका थिए । उनी पानीमा पसेर डोरी ‘जादु’ले खुलेपछि किनारामा आउने योजनामा थिए । तर उनी त्यसपछि देखा परेनन् । आइतबार जादु हेर्न आएका दर्शकले प्रहरीलाई घटनाका बारेमा खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।
म्यानड्रेकका नामले परिचित जादुगर लाहिरी डुङ्गाबाट नदीमा हाम फालेका थिए । डुङ्गामा रहेका दुई जना व्यक्तिका अनुसार लाहिरीले आफ्ना हातखुट्टा एउटा फलामको सिक्रीमा ६ वटा ताला लगाएका थिए ।

नदीमा हाम फाल्नुभन्दा अघि तयारी गर्दै चञ्चल लाहिरी
स्थानीय पत्रिकाका फोटोपत्रकार जयन्त शाह पनि लाहिरीको जादु हेर्न त्यहाँ पुगेका थिए । उनले लाहिरीसँग जादु देखाउनुपूर्व कुराकानी गरेको बीबीसीसँगको कुराकानीमा जानकारी दिएका छन् ।
लाहिरीले यस्तो जादु देखाएको भने पहिलो पटक होइन । २० वर्षअघि उनी एउटा काँचको डिब्बामा पसेर नदीमा हाम फालेका थिए । त्यसबेला भने उनी सफलतापूर्वक बाहिर निस्केका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते