पोखरा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले खराब सुरुवात गरेको छ । बुधबार कञ्चनपुरको महेन्द्रनगरमा भएको उद्घाटन खेलमा गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशसँग नौ विकेटले पराजित भएको हो।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धा्रित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए ।
राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिताको चौथो संस्करण महेन्द्रनगरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा महाकाली स्पोर्ट सोसाइटीले प्रतियोगिता संचालनको जिम्मा लिएको छ । आठ वर्षपछि संचालन भइरहेको प्र्र्तियोगितामा एउटा विभागीय र सात प्रदेशको गरी आठ टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । करिब ८८ लाख रुपैंया खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख बजेट विनियोजन गरेको छ भने बाँकी प्रायोजकबाट संकलन गर्ने आयोजक महाकाली स्पोर्ट सोसाइटीले जनाएको छ । प्रतियोगिता असार ११ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु