पोखरा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले खराब सुरुवात गरेको छ । बुधबार कञ्चनपुरको महेन्द्रनगरमा भएको उद्घाटन खेलमा गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशसँग नौ विकेटले पराजित भएको हो।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले एक विकेट गुमाएर निर्धा्रित २० ओभरको खेलमा सात ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाएका थिए ।
राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिताको चौथो संस्करण महेन्द्रनगरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा महाकाली स्पोर्ट सोसाइटीले प्रतियोगिता संचालनको जिम्मा लिएको छ । आठ वर्षपछि संचालन भइरहेको प्र्र्तियोगितामा एउटा विभागीय र सात प्रदेशको गरी आठ टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । करिब ८८ लाख रुपैंया खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख बजेट विनियोजन गरेको छ भने बाँकी प्रायोजकबाट संकलन गर्ने आयोजक महाकाली स्पोर्ट सोसाइटीले जनाएको छ । प्रतियोगिता असार ११ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
पाँचौं टाइगर कप भलिबल प्रतियोगिता संयोजकमा ज्ञवाली
जनप्रियमा विएमटिएम स्पोर्ट मिट सुरु
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
पोखरामा माघ १५ देखि ‘अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल’ : ४०, ५० र ६० प्लसको प्रतिस्पर्धा
खो–खोको पहिलो विश्वकपमा नेपाल सहभागी हुँदै
प्रधानमन्त्री कप महिला टी–२० क्रीकेट छनौट प्रतियोगितामा स्याङ्जा विजयी
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
पोखरा राइडर्स क्लबका अध्यक्ष क्षेत्री र डोली पक्राउ