श्रीमानलाई जेल पठाएर ससुरासंग सल्केपछि…

श्रीमानलाई जेल पठाएर ससुरासंग सल्केपछि…

Capture-12

एजेन्सी : समाजमा पछिल्लो समय यौन सम्बन्धि अनेक खतरनाक घटनाहरु सार्वजनिक भइरहेका छन ।अहिलेको कलियुगमा समाजले नैतिकता गुमाउन थालेपछि यौनका लागि मानव जातीले नसोचेका अनौठा अपराधिक घटना हुन थालेका हुन् ।

यस्तै, अनौठो घटना भारतको अमृतपुर जिल्लामा पनि सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।

श्रीमानसँग विवाह गरेर आएको केही समयमै जवान ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आत्महत्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारीरिक सम्पर्क राख्दै आएको खुलेको हो ।

यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् । श्रीमतीले धोका दिएर आफ्नै बुबासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले शुक्रबार श्री दरबार साहिबको अगाडि आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ ।

अमृतपाल सिंहले भनेका छन् कि‘मेरी पत्नीको मेरा बुबा पत्निका ससुरासँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।

त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ