Gandak News
Our News Your Views
Lets

बागलुङमा १६ बर्षिय बिकास झुण्डिएको अवस्थामा मृत फेला

बागलुङ । बागलुङको गलकोट नगरपालिका बडा नम्बर २ का १६ बर्षिय बिकास नेपाली (बोहोरा) झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बिगत केही समयदेखि बानपा-४ उपल्लाचौरमा रहेको एक ग्रिल कम्पनिमा काम गर्ने गरेका उनी बिहिबार बानपा ४ उपल्लाचौर स्थित बिष्णु कडेलको निर्माणधीन घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

बुधबार राती घरबाट निस्किएका नेपाली बिहानसम्म घर नफर्किएपछि खोजि गर्दा उक्त ठाउँमा मृत फेला परेका थिए । घटनाको बारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको