एजेन्सी- मानिसहरु अनेक वस्तुको संकलन गर्न रुचाउँछन्। कोही पुरानो पैसाको, कोही हुलाक टिकटको त कोही चित्रकलाको। तर एउटा यस्तो मानिस जसले हतियार संकलन गर्ने शोख राख्दछन्। त्यसो त हतियार राख्नु गैर कानूनी मानिन्छ। तर उनले संसारमै सबैभन्दा धेरै हतियार संकलन गरेका छन्।
यी हुन् अमेरिकाको कोलोराडमा बस्ने मेल बर्नस्टिन। उनले यति धेरै हतियार संकलन गरेका राखेका छन् जुन एउटा सानो मुलुकसँग नहुन सक्छ। उनको हतियार संग्राहलयमा पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्रहित छन्।
उनले हतियारले भरिएको एउटा संग्राहलय नै तयार गरेका छन् जहाँ ठूला मिसाइल हतियार राखिएका छन्। यसको मूल्य १० मिलियन डलरभन्दा पनि धेरै पर्छ।
उनको यो संग्रहालय हेर्न प्रत्येक वर्ष हजारौ मानिस आउने गर्दछन्। उनले त्यहीबाट वार्षिक ६ लाख डलर कमाउने गर्दछन्।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो