आज पनि सूचना टाँसेर स्थगन गरियो गण्डकी प्रदेशसभा बैठक

आज पनि सूचना टाँसेर स्थगन गरियो गण्डकी प्रदेशसभा बैठक

gandaki-pradesh-sava-f

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । असार ६ गते पनि स्थगन भएर आज मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएकोमा अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको छ ।

बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचनामा उल्लेख गरिएको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बजेट वक्तव्यमा समावेश कतिपय कार्यक्रम विनियोजन विधेयकमा समावेश नभएको तथा कतिपय कार्यक्रम दोहोरिएको भन्दै सदन अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख नेत्रनाथ अधिकारीले असार ६ गतेको बैठक शुरु नै नगरी स्थगन गरेका थिए ।

सोे बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अघिल्लो दिन सभामा प्रस्तुत गरेको विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ