पोखरा । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरा नाकाबन्दीमा पर्ने सम्भावना देखिएको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद अधिकारीले प्रदेशको एकमात्र प्रवेशद्वारमा रहेको विजयपुर खोलाको पुल बिगत तीन महीनादेखि क्षतिग्रस्त रहेको जानकारी गराउँदै यसको निर्माणमा सरकारले चासो नदिएको बताए ।
‘अहिले ‘सस्पेन्सन ब्रिज’ बनाएर निर्वाह चलाउने भन्दै भौतिक पूर्वाधार मन्त्रालयले भने पनि आजसम्म कुनै काम प्रारम्भ भएको छैन,’सांसद अधिकारीले भने, ‘अब त्यो सदरमुकाम नाकाबन्दीको घेरामा पर्ने गम्भीर सम्भावना भएको हुनाले यथाशीघ्र अस्थायी र स्थायी पुल निर्माण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले निरन्तरको वर्षापछि कास्कीको मादी नदीले निर्माणाधीन मोटरेबल पुल बगाएकाले त्यसको निर्माणको व्यवस्था गर्न सरकारसँग माग गरे । तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पारेर हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले सो पुल निर्माणको जिम्मा पाएको थियो । निरन्तरको वर्षापछि मादी नदीले आइतबार पुल बगाएको थियो । अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन