पोखरा । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरा नाकाबन्दीमा पर्ने सम्भावना देखिएको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद अधिकारीले प्रदेशको एकमात्र प्रवेशद्वारमा रहेको विजयपुर खोलाको पुल बिगत तीन महीनादेखि क्षतिग्रस्त रहेको जानकारी गराउँदै यसको निर्माणमा सरकारले चासो नदिएको बताए ।
‘अहिले ‘सस्पेन्सन ब्रिज’ बनाएर निर्वाह चलाउने भन्दै भौतिक पूर्वाधार मन्त्रालयले भने पनि आजसम्म कुनै काम प्रारम्भ भएको छैन,’सांसद अधिकारीले भने, ‘अब त्यो सदरमुकाम नाकाबन्दीको घेरामा पर्ने गम्भीर सम्भावना भएको हुनाले यथाशीघ्र अस्थायी र स्थायी पुल निर्माण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले निरन्तरको वर्षापछि कास्कीको मादी नदीले निर्माणाधीन मोटरेबल पुल बगाएकाले त्यसको निर्माणको व्यवस्था गर्न सरकारसँग माग गरे । तत्कालीन जिल्ला विकास समितिबाट ठेक्का पारेर हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले सो पुल निर्माणको जिम्मा पाएको थियो । निरन्तरको वर्षापछि मादी नदीले आइतबार पुल बगाएको थियो । अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
सम्बन्धित खबर
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण हुने
गुरूङ चलचित्रकी नायिका माया गुरूङद्वारा सहाराका बालकहरुलाई जर्सी सहयोग
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति