हाल पोखरामा पार्किङ गर्ने ठाउँको अभावका कारण ट्राफिक ब्यवस्थापन चुनौति बढेको भन्दै पोखरा महानगरपालिकाले त्यसको ब्यबस्थापनका लागि आगामि आर्थिक बर्ष २०७६/०७७ का लागि नयाँ नीति तथा कार्यक्रम ल्याएको छ । पोखरामा हुने पार्किङको समस्या समाधान गर्ने उदेश्यका साथ महानगरले अब पोखरामा बन्ने नयाँ घरहरुमा अनिवार्य अण्डरग्राउण्ड पार्किङ बनाउनु पर्ने नीति ल्याएको हो ।
‘दिनानुदिन बढिरहेको सवारी चापलाई न्यूनिकरण गर्न नयाँ बन्ने भवनहरुमा नक्सापास गर्दा अन्डरग्राउण्ड पार्किङ अनिवार्य गरिएको छ,’ आईतबार नीति तथा कार्यक्रम प्रश्तुत गर्दै मेयर मानबहादुर जिसीले भने ।
महानगरपालिकाको अनुसार पोखराको बेगनासताल, तालचोक, विजयपुर, अमरसिंहचोक, पृथ्वीचोक, जीरोकिलोमिटर, हल्लनचोक, मुस्ताङचोक, विरौटा, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, नदीपुर, केआईसिं पुल, लामाचौर, बाटुलेचौर, महेन्द्रगुफा, न्यूरोड, लेकसाईड, रत्नचोक, सिर्जनाचोक, घलेचोकदेखि वन क्याम्पससम्म, रामबजार, रानीपौवा, भद्रकाली लगायतका क्षेत्रमा अब बन्ने घरहरुमा अनिवार्य अण्डरग्राउण्ड पार्किङ बनाउनु पर्ने छ ।
मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक र सिर्जनाचोकमा ट्राफिक लाइट राख्ने यसअघिकै कार्यक्रमलाई महानगरले निरन्तरता दिएको छ । चालू बर्षभित्रै ट्राफिक लाईट राखिसक्ने तयारी थियो । पार्किङ ब्यवस्थापनका लागि बहुतला पार्किङ प्रणाली सुरु गर्ने कार्यक्रम पनि अघि सारिएको छ । पार्किङ स्थल निर्माणका लागि कसैले घर बनाउन चाहेमा नक्सापास दस्तुर मिनाहा गरिदिने मेयर जिसीले बताए ।
सडकमा पार्किङ गरेर कर असुल्ने अधिकार कसैलाई पनि छैन । तर पोखरा महानगरपालिकाले लामो समयदेखि सडकमै पार्किङ गराएर उपभोक्ता सँग कर असुल्दै आएको छ । अहिले पनि सडक पार्किङ ठेक्काको अन्तिम चरणमा पुगेको छ । नाईस नेपाल कन्स्ट्रक्सनलाई ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का दिने तयारी गरिएको हो । तर आईतबार प्रश्तुत गरिएको नीति कार्यक्रममा चाहीँ सडक छेउमा हुने पार्किङलाई निरुत्साहित गर्ने नीति लिएको छ ।
‘महानगर क्षेत्रमा पार्किङ ब्यवस्थापनलाई थप प्रभावकारी बनाइने छ । यातायातमा सहजता ल्याई तथा पैदल यात्रुहरुको सुविधालाई समेत मध्यनजर गरी हाल सडक छेउमा पार्किङ गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । व्यक्तिगत तथा खाली जग्गाहरुको पहिचान गरी त्यस्ता जग्गाहरुमा सार्वजनिक निजी साझेदारीमा कमर्सियल पार्किङ बनाईने छ,’ नीति कार्यक्रममा उल्लेख छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो