पोखरामा स्कुटरले पैदल यात्रीलाई ठक्कर दियो, स्कुटर चालक प्रहरी नियन्त्रणमा

पोखरामा स्कुटरले पैदल यात्रीलाई ठक्कर दियो, स्कुटर चालक प्रहरी नियन्त्रणमा

Accident-3-1

प्रतिकात्मक तस्बिर

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ तिनकुनेमा स्कुटरको ठक्करबाट एक जना घाइते भएका    छन् । सोमबार ग ४ प २२३४ नम्बरको स्कुटरले ४८ बर्षिय स्थानीय पैदल यात्री शेर बहादुर बिकलाई ठक्कर दिएको हो ।
स्कुटरको ठक्करबाट घाइते भएका उनको उपचारको लागी पश्चीम क्षेत्रीय अस्पताल लगिएको छ । स्कुटर र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरीरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ