बन्दको अघिल्लो दिन नै पोखरामा शंकास्पद बस्तु भेटियो

बन्दको अघिल्लो दिन नै पोखरामा शंकास्पद बस्तु भेटियो

boom

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ सिदार्थ चोक स्थित फेवा एग्रिकल्चर प्रालि तरकारी मण्डिमा शंकास्पद बस्तु फेला परेको छ । सोमबार (आज) साँझ करिब ६ बजेर १० मिनेट जाँदा उक्त ठाउँमा पाईपमा टाईम सेट गरेको जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल बन्दको घोषणा गरेको अघिल्लो दिन नै शंकास्पद बस्तु भेटिएपछि स्थानीयहरु आतंकित भएका थिए । तर, वडा प्रहरी कार्यालय वैदामका डिएसपी कोमल शाहाका अनुसार उक्त शंखास्पद बस्तु बम होईन ।

‘त्यहाँ शंकास्पद बस्तु भेटिएको खबर पाएपछि हाम्रो टोली घटना स्थलमा पुगेका थियौँ’ उनले भने, ‘तर, त्यो डराउनका लागि मात्रै राखिएको थियो । त्यसभित्र कागजका टुक्रा बाहेक केही थिएन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ