गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गोरखा : गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्।
सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ। उनको ढाड, हातमा जताततै निलडाम छ। उनले बान्ता पनि गरेको बालककी आमा सुजनाले जानकारी दिइन्।
किताब नल्याएको भन्दै फलामको रुलरले कुटेको घाइते बालकले बताए। ‘पाँचौ पिरियड विज्ञान मिसको थियो। मिसले खै किताब भनेर सोध्नुभयो। मैले छ भनेँ’, बालकले भने, ‘मैले किताब त ल्याएको थिएँ, तर साथीले लुकाइदिएछ। देखाउन सकिनँ। अनि ढाँट्छस् भनेर कुट्न थाल्नुभयो।’
आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन्। शिव उप्रेती/अन्नपूर्ण
सम्बन्धित खबर
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन
पोखरा वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग