बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा भवन निर्माण आचारसंहिता लागू हुन सकेको छैन । नियमनका लागि नगरपालिकाले ठोस कदम नचाल्दा जग्गा पास नगराई धमाधम भवनहरु निर्माण भइरहेका छन् ।
नगरपालिकाको बुर्तिबाङ बजार क्षेत्रमा अझै पनि पुरानै ढाँचामा भवन निर्माण भइरहेका छन् । जग्गा पास नगरिकनै धमाधम भवन निर्माण हुँदा बजार अव्यवस्थित हुने देखिएको हो ।
नियम विपरीत भवन निर्माण रोक्नका लागि नगरपालिकाले विभिन्न कानुनहरु बनाएको र यसको कार्यान्वयनमा लाग्ने नगरपालिकाका प्रमुख देव कुमार नेपालीको भनाइ छ । दुई वर्ष बित्न लागिसक्दा पनि नगरपालिकाले भवन आचारसंहिता लागायतका विषयमा नीति निर्माण गर्न ढिलासुस्ती गरिरहेको छ ।
नगरपालिकाले जनताको चाहानाविपरीत कार्य गरेको बताउँदै बजार क्षेत्रलाई नगरपालिकाले व्यवस्थित बनाउन नसकेको स्थानीयको गुनासो छ । अहिलेसम्म भवन बनाउँदा बाटो, नालीलगायत अन्य विभिन्न विकासका पूर्वाधार बन्न सकेका छैनन् । नगरप्रमुखले नै नियमविपरीत ८ तले भवन बनाएकाले आचारसंहिता लागू गर्न आनाकानी गरिरहेको स्थानीयको आरोप छ ।
सम्बन्धित खबर
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन
महिलाहरुको लागि उद्घोषण सम्बन्धी तालिम
एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा
बागलुङ नारायणस्थानमा निःशुल्क स्वास्थ्य शिविर, २३ सय बढी लाभान्वित
प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गीय पत्रकार बिक्रमको परिवारलाई आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग