भारतीय गाडीले पोखरामा एकै चोटी तीन मोटरसाइकललाई ठक्कर दियो ! ३ घाइते, १ गम्भिर

भारतीय गाडीले पोखरामा एकै चोटी तीन मोटरसाइकललाई ठक्कर दियो ! ३ घाइते, १ गम्भिर

1

पोखरा । पोखराको हल्लनचोकमा (लेकसाइड)  भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । बुधबार (आज) एच आर ०९ एल ००० ९ (HR 09 L 0009) नम्बर  प्लेटको भारतीय गाडीले एकै चोटी तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते तीन जना मध्य पोखरा महानगरपालिका वडा नम्बर १८ का पदमबहादुर गुरुङ, पोखरा-२४ का ईश्वर नेपाली, पोखरा-२७ का मुलुल ढकाल रहेका छन् । घाइते मधय गुरुङको टाउकोमा गम्भिर चोट लागेको तीनै जनालाई उपचारका लागि मेट्रो सिटी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतीय सबारी चलाउने अजय बराल र गाडीलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भईरहेको छ ।

भारतिय गाडी । तस्बीर लक्ष्मण बराल

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ