एजेन्सी – चीनको सिचुवान प्रान्तका एक धनाढ्य किसानलाई थुप्रै गाउँबाट हाँस र कुखुरा चोरेको आरोपमा पक्राउ गरिएको छ । उनले हाँस र कुखुरा चोर्नुको उद्देश्य भने निकै रोचक छ ।
वास्तवमा उनले ३ करोड २२ लाख पर्ने बीएमडब्ल्यू गाडीलाई तेल हाल्न कुखुरा र हाँस चोरेका थिए ।
लिन्सुईका पुलिसले गत अप्रिलदेखि विभिन्न गाउँबाट बारम्बार कुखुरा र हाँस हराएको उजुरी पाइरहेको थियो तर यसको पछाडि एरियाकै धनाढ्यको हात होला भनेर कसैले पनि सोचेका थिएनन् । ती व्यक्ति दुई तल्ले घरमा बस्छन् र ३ करोड बढी पर्ने विलासी बिएमडब्ल्यू गाडी हाँक्छन् ।
पछिल्लो समय आर्थिक समस्याले ग्रसित उनी आफ्नो गाडीमा तेलसमेत हाल्न नसकेपछि क्वियाङ्ग नामका यी व्यक्तिले अरुको हाँस र कुखुरा चोर्ने, आफ्नो खेतमा पाल्ने र तेल किन्नका लागि बेच्ने गरेको बताइन्छ ।
अत्यधिक ऊजुरी परेपछि पुलिसले उनीबारे खोजी अभियान चलायो । सिसिटिभी क्यामरालाई पछ्याउँदा पुलिसले एक व्यक्ति मध्य राती नम्बर प्लेट नभएको मोटरसाइकल चलाइरहेको भेटे । उनीहरुले २४ सै घण्टा बाटोको निगरानी राख्दा त्यहि मोटरसाइकल पटक–पटक ओहोरदोहोर गरेको पाइयो । पछ्याउँदै जाँदा बाइकलाई क्वियाङ्गको घरमा भेटियो तर चोरीमा उनी नै संलग्न छन् भनेर पुष्टि गर्ने प्रमाण थिएन त्यसकारण पुलिसले उनको घरलाई नै निगरानीमा राखे ।
छेङ्डु बिजनेस डेली रिपोर्टका अनुसार पर्याप्त प्रमाण जुटाएपछि पुलिसले क्वियाङ्गलाई सोधपुछ गर्ने सोच बनायो । उनलाई गाडी चलाइरहेका बेला नै पुलिसले पक्राउ गर्ने योजना बनाएका थिए तर खतराको आँकलन गरेर उनले आफ्नो शक्तिशाली बीएमडब्ल्यूको गती बढाए र त्यहाँबाट भाग्न सफल भए ।
‘उनी एक विलासी कार चलाइरहेका थिए जुन उच्च गतीमा कुद्न सक्थ्यो । त्यसकारण हामीले उनलाई हाइवेबाट समात्न सकेनौं,’ झाङ्ग हुवा, द युआन सिटी पुलिस स्टेशनका निर्देशकले पत्रकारलाई भने ।
क्वियाङ्गलाई उनको घर निगरानीमा थियो भनेर थाहा थिएन त्यसकारण उनले आफ्नो घरमा पुलिस पुगिसकेको छ भनेर सोच्न भ्याएनन् । जब उनीहरुले घरको खाजतलास गरे तब उनीहरुले बाइक भेटे र त्यससँगै चोरिएका कुखुरा र हाँस पनि ।
सोधपुछमा ५० वर्षे किसानले चोरी गरेको स्विकार्दै उनको ३ करोड बढीको बिएमडब्ल्यू कार अत्यधिक ‘तिर्खाएको’ र तत्कालका लागि आफ्नो आर्थिक स्थिती पनि ठिक नभएको बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह