कास्की – पोखरा महानगरपालिकाको मूल गेटमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षलगायतका जनप्रतिनिधिहरुले लगाएको ताला खुलेको छ ।महानगरपालिकाका नेतृत्व र असन्तुष्ट जनप्रतिनिधिबीच वार्ता भई वडागत रुपमा अत्यावश्यक योजनाहरुलाई थपघट गर्न सकिने सहमति भएपछि ताला खुलेको हो ।
वार्ता भई सहमति नभएको भए आजदेखि महानगरको काम ठप्प पारिदिने चेतावनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दिएका थिए ।महानगरपालिकाले आज बिहान पत्रकार सम्मेलन गरी छलफलबाटै समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो ।
असन्तुष्ट पक्षले आज पनि तालाबन्दी गरी प्रदर्शनको तयारी गरिरहँदा नगरपालिकाका प्रमुख मानबहादुर आफै गेटमा पुगी ‘ताला खोल्नुस् जाऔं भित्र गएर वार्ता गरौं’ भनेर आग्रह गरेपछि वार्ता सुरु भएको थियो ।
वार्तामा असन्तुष्ट पक्षले राखेका कुरामा छलफल भई यस अघि भएका सम्पूर्ण कुराहरु बिर्सने र नमिलेका कुरालाई वडाबाट सिफारिस गरी पठाउने सहमति भएको थियो ।
खासगरी वडाबाट सिफारिस भई आएका योजनाहरुलाई वेवास्ता गरी आफूखुशी बजेट किताबमा योजना समावेश गरेको, बजेटलाई अबण्डा राखी आफूखुसी वितरण गर्ने तयारी गरेको, कांग्रेसले जितेका वडामा कम बजेट दिएको आरोप असन्तुष्ट पक्षले लगाएका थिए ।
महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेपछि कांग्रेस पक्षका जनप्रतिनिधहरुले नगरसभा स्थल पोखरा सभागृहमा नै बजेट किताब च्यातेपछि दुई दिनअघि भनाभनको अवस्था सिर्जना भएको थियो । त्यसैको विरोधमा हिजो दिनभर गेटमा तालाबन्दी गरी प्रदर्शन गरिएको थियो ।
सम्बन्धित खबर
मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला सुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम
कोटिहोम आयोजनामा अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति