रक्सीको मातमा कास्कीका २० बर्षिय जनमले बिदेशी युवतीलाई ढुङगाले हाने

रक्सीको मातमा कास्कीका २० बर्षिय जनमले बिदेशी युवतीलाई ढुङगाले हाने

sirmati kutni

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईड स्थित फ्रिडम क्याफेमा जुस खान बसेकी एक बिदेशी युवतीमाथि कास्कीका एक युवाले रक्सीको मातमा ढुङगाले हिर्काएर घाइते बनाएका छन् । शनिबार कास्की अन्नपुर्ण गाँउपालिका वडा नम्बर १० घान्द्रुक बस्ने २० बर्षिय जनम परियारले मादक पदार्थ सेवन गरि ढुङगाले हिर्काउँदा जर्मनकी २७ बर्षिया घाइते भएकी हुन् ।

प्रदेश प्रहरीकार्यालय कास्कीको अनुसार मादक पदार्थ सेवन गरि ढुङगाले हिर्काउने परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ भने घाइतेको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ