हत्या गरेर भागेका लमजुङका ‘भ्यान्टे’ ३० वर्षपछि पक्राउ !

हत्या गरेर भागेका लमजुङका ‘भ्यान्टे’ ३० वर्षपछि पक्राउ !

arrest-pakrau

सांकेतिक तस्विर

लमजुङ – ३० वर्षदेखि फरार अभियुक्त भ्यान्टे कामीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरेको हो ।

तत्कालीन इलामपोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने उनलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुुरुङले बताए ।

तत्कालीन इलामपोखरी गाविसको लाङ्दी दोभान त्रिवेणीमा गोरखा खरिबोटका बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा उनी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर हत्या गरेको थियो । उनको साथबाट नगद रु चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए । मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले उनीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा दिएका थिए ।

सोही समूहमा रहेका एक जनाले सजाय भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ । अमेरिकाबाट डाक्टर पढेर आफ्नो घर खरिबोट गोरखा फर्कदै गर्दा साँझको समयमा इलमपोखरी गाविसको मुगे बजारबाट पिछा गर्दै लाङ्दी र चेपे खोलाको संगमस्थल दोभानमा पाखरेललाई उनीहरुले भीभत्स ढंगले हत्या गरेका थिए । राम्रोसँग नेपाली बोल्न पनि नजान्ने उनको हत्या भएपछि त्यो हत्याकाण्ड लमजुङको बिचौर क्षेत्रमा चर्चित बनेको थियो । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ