लमजुङ – ३० वर्षदेखि फरार अभियुक्त भ्यान्टे कामीलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरेको हो ।
तत्कालीन इलामपोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने उनलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुुरुङले बताए ।
तत्कालीन इलामपोखरी गाविसको लाङ्दी दोभान त्रिवेणीमा गोरखा खरिबोटका बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा उनी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर हत्या गरेको थियो । उनको साथबाट नगद रु चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए । मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले उनीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा दिएका थिए ।
सोही समूहमा रहेका एक जनाले सजाय भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ । अमेरिकाबाट डाक्टर पढेर आफ्नो घर खरिबोट गोरखा फर्कदै गर्दा साँझको समयमा इलमपोखरी गाविसको मुगे बजारबाट पिछा गर्दै लाङ्दी र चेपे खोलाको संगमस्थल दोभानमा पाखरेललाई उनीहरुले भीभत्स ढंगले हत्या गरेका थिए । राम्रोसँग नेपाली बोल्न पनि नजान्ने उनको हत्या भएपछि त्यो हत्याकाण्ड लमजुङको बिचौर क्षेत्रमा चर्चित बनेको थियो । रासस
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती