पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ ले र आर्दश क्लवको लगानीमा करिब एक लाख ५० हजार रुपैँया लागतमा बनाएको प्रतिक्षालय स्थानीय कोइराला परिवारले भत्काएका छन् । आफुहरुले परम्परागत रुपमा भोगचलन गर्दै आएको जग्गामा प्रतिक्षालय बनाउँदा महानगरले समन्वय नगरेको भन्दै कोइराला परिवारले आक्रोसमा शनिबार (हिजो) उक्त प्रतिक्षालय भत्काएका हुन् ।
२०३२ सालमा तिरो तिरेको रसिद समेत आफुहरुसंग भएको बताउँदै कोइराला परीवारले महानगरले समन्वय बिनै बनाएको संरचना भत्काएको बताउँछन् । तर, पोखरा-१८ का वडा अध्यक्ष रणबहादुर थापाले कोइराला परिवारलाई उक्त जग्गा निजि भएको प्रमाण वडा कार्यालयले पेश गर्न भनेपनि गर्न नसकेपछि प्रतिक्षालय स्थापना गरेको बताएका छन् ।
‘हामीले प्रतिक्षालय बनाएको ठाउँको जग्गा नेपाल सरकारको हो भन्ने सम्पूर्ण प्रमाण हामीलाई मालपोत कार्यालयले पठाएको छ । तर, कोइराला परिवारले हाम्रो हो भन्दै दावी गरेर बनाएको संरचना भत्काउनु भयो’ वडाध्यक्ष थापाले गण्डक न्यूजसँग भने, ‘उहाँहरुलाई यदी यो जग्गा हजुरहरुको हो भने प्रमाण ल्याउनुस् भन्दा ल्याउनु हुन्न । तर, त्यसरी बिरोध गर्दै संरचना भत्काउनु हुन्छ । यो बिषयमा महानगगरपालिकामा जानकारी गराएको छु, महानगरको निर्णय अनुसार काम हुन्छ ।’
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन