कास्की प्रहरीले भेटिएका मोबाइल तथा सवारीसाधन १५ दिनमै धनीलाई बुझाउने भएको छ । हराएका तथा चोरी भएका मोबाइल, मोटरसाइकल तथा स्कुटर प्रहरी समक्ष आईपुगेकोमा जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो । सोहि अवसरमा कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले अबदेखि हरेक महिनाको १ गते र १५ गते त्यस्ता सामग्रीहरु धनीलाई बुझाउने जानकारी गराए ।
मोबाइल वा मोटरसाइकल स्कुटर हराएपछि प्रहरीलाई खबर गरिन्छ र प्रहरीले कस्तो तबरले खोजी गर्छ भन्ने कुरा कतिपय सर्वसाधारणलाई थाहा नभएको भन्दै उनले सर्वसाधारण माझ जानकारी गराउन पनि मिति तय गरेर काम गर्न लागेको एसपी कार्कीले उल्लेख गरे। सो अवसरमा विभिन्न १० थान मोबाइल सम्बन्धितलाई हस्तान्तरण गरियो ।
डम्प भएर थन्किएका सवारी सम्बन्धितलाई दिइने
एसपी कार्कीले प्रहरी कार्यालयहरुमा मोटरसाइकल स्कुटर जस्ता सवारीसाधनहरु डम्प भएर बसेको जनाउँदै त्यस्ता सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिने बताए । ईञ्जिन, च्यासिस नम्बर, कागजपत्रका आधारमा धनीहरु पत्ता लगाएर हस्तान्तरण गर्ने उनको भनाई थियो । कार्यक्रममा हराएका स्कुटर र मोटरसाइकल फेला परेकोमा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो । अनुसन्धान टोलीले फेला पारेका १० वटा मोबाइल, ४ वटा मोटरसाइकल र २ वटा स्कुटर आइतबार हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
अदालतसँगको समन्वयमा लागूऔषध सार्वजनिक रुपमा नष्ट गरिने
एसपी कार्कीले अदालतसँग समन्वय गरेर बरामद लागूऔषध सार्वजनिक रुपमा नष्ट गरिने बताए । अहिले अदालतले लागूऔषध नष्ट गर्दै आएकोमा अदालतसँग समन्वय गरेर छिट्टै सो कार्यको सुरुवात गर्ने एसपी कार्कीले बताए । लागुऔषध बरामद चाहिँ गर्ने, त्यसको समाचार आउने तर त्यो प्रहरीले के गर्छ भन्ने जनमानसको कौतुहलता रहेकाले पनि त्यस्तो लागूऔषध सार्वजनिक रुपमा नष्ट गर्ने सोच बनाएको उनले बताए ।
सम्बन्धित खबर
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
स्वास्थ्य सचिवबाट विनोदविन्दुलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश
पाँचौं टाइगर कपको ट्रफि अनावरण, पहिलो खेल भोलि १० बजे
प्रदेश प्रमुखबाट गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर निर्वाचित
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करण फागुन ३ गते
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु