काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारीले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् ।
यस विधाको मनोनयनमा सावित्रासंगै भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ परेकी थिईन् ।
अवार्डसंगै सावित्राले बजाजको पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
सावित्राको सफलता –
–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन ।
–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान ।
–महिला साफ च्याम्प्यिनसिपमा उपविजेता सहित सर्वाधिक गोलकर्ता बन्न सफल ।
–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी ।
–प्रधान सेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता ।
–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार) ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
सरकार कामबाटै जनतामा आशा जगाउन चाहन्छ: सञ्चारमन्त्री गुरुङ
सौर्य एयरलाइन्सले भन्यो– पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुन्छ
नयाँ मौद्रिक नीति सार्वजनिक, बैंकदर र निक्षेप संकलनदर घटाइयो [पूर्णपाठ]
सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग